काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा बहुमत रहेको र उनैलाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेका विपक्षी गठबन्धनका शीर्ष नेताहरु कानुन व्यवसायीसँग छलफलमा जुटेका छन्।
सिंहदरबारमा दुवै पक्षबीच छलफल चलिरहेको हो। छलफल सिंहदरबारस्थिति कांग्रेस संसदीय दलको कार्यालयमा रहेको शेरबहादुर देउवाको कार्यकक्षमा भइरहेको हो।
छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव छन्। त्यस्तै, कानुन व्यवसायीको तर्फबाट भने टिकाराम भट्टराई, गोबिन्द बन्दी लगायत छन्।
रिट दर्ताको लागि हस्ताक्षर संकलन लगभग सकिएको नेताहरुले जानकारी दिएका छन्। आज (सोमबार) नै रिट दर्ता गर्ने तयारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।