काठमाडौं- एमाले सांसद् विरोध खतिवडाले अदालतलाई बहुमत देखाउन आवश्यक नरहेको बताएका छन्। उनले वारेसबाट दुई जना गएर निवेदन दिए हुने भएपनि आफूहरू बहुमतसहित जाने बताए।
‘मान्छे थिएनन्। दुई जना मात्रै गए भनेर स्याल हुइयाँ गर्छन्’, उनले भने, ‘त्यसैले हामी बहुमतसहित सर्वोच्च पुग्छौं।’
खतिवडाले संख्या १४९ बाट घट्नु र बढ्नुको कुनै तात्विक अर्थ नभएको बताए। ‘१३६ जना बहुमत चाहिने हो। हामी बहुमत लिएर जान्छौं। सर्वोच्चले बहुमत खोज्ने होइन। खालि मिडिया, बालुवाटार, नक्कली सही गर्यो, जालसाझी गर्यो र मनोविज्ञानको अर्थमा बहुमत ल गन्ने भए गन, हेर्ने भए हेर भनेर बढी संख्या देखाउन खोजेको हो।’
रिटको पक्षमा एमालेका २३ जना सांसद्ले हस्ताक्षर गरेका छन्। कतिपय सांसद्हरु काठमाडौंबाहिर भएकाले हस्ताक्षर जुटाउन नसकेको उनले बताए।
‘अदालतले सक्कल दस्तखत नै खोज्ने हुँदा बाहिरी जिल्लामा भएका साथीहरुको ओरजिनल हस्ताक्षर जुटाउन सकिएन। अहिले चाहिँ २३ जना पुगेको छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।