प्रतिकात्मक तस्वीर।
संखुवासभा- संखुवासभाको खाँदबारी नगरपालिका–४ मा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ।
च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नम्बर ४ का वडाध्यक्ष सजीत राईले बताए।
च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा आइतबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको वडाध्यक्ष राईले बताए।
गत बिहीबार जंगलबाट ल्याएको च्याउ खाँदा लालबहादुर र उनकी आमा ७० वर्षीया राधिकासमेत बिरामी हुनुभएको भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।