काठमाडौं– कवि एवं लेखिका डा बानिरा गिरीको निधन भएको छ।
कोभिड संक्रमण देखिएकी उनको हृदयघातका कारण निधन भएको जनाइएको छ।
हृदयघात भएपछि आइतबार राति नयाँबानेश्वरस्थित सिभिल अस्पताल लगिएको केही बेरमा चिकित्सकहरुले मृत घोषित गरेका थिए।
७५ वर्षीया गिरी केही वर्षदेखि अल्जाइमरर्स रोगबाट पीडित थिइन्।
गिरीका कारागार, शब्दातीत शान्तनुलगायत उपन्यास चर्चित छन्। उनको शब्दातीत शान्तनुले २०५६ सालमा साझा पुरस्कार पाएको थियो।
गिरी नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिलाहुन्। उनका श्रीमान, एक छोरा र एक छोरी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।