काठमाडौं– कालोबजारी गर्ने एक जना पक्राउ परेका छन्।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी सहितको संयुक्त बजार अनुगमन टोलीले हेटौडामा बजार अनुगम गर्दा उनी तोकिएको भन्दा बढी मूल्यमा अक्सिमिटर बेच्ने एक जना पक्राउ परेको प्रहरीले जनाएको छ।
हेटौडा उपमहानगरपालिका वडा नं ०१ मा बजार अनुगमन गर्ने क्रममा पर्सा बिरगंज महानगरपालिका वडा नं ९ बस्ने वर्ष ३५ का मनिष राम श्रेष्ठले राप्ती रोडमा संचालन गरेको सान्बी मेडीको औषधी पसलमा पल्स अक्सिमिटर तोकिएको भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।