काठमाडौं– जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १ र प्रदेश २ का साथै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रने तथा तराईका केही भू–भागमा आंशिक बदली रहने महाशाखाको भनाइ छ।
प्रदेश १ का पहाडी भू–भागका केही स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोसमेत महाशाखाले बताएको छ।
राति देशका केही स्थानमा सामान्य बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले अपराह्नतिर वर्षाको सम्भावना देखिएको महाशाखाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।