काठमाडाैं- चेल्सी र लिभरपुल अर्को सिजन च्याम्पियन्स लिगको लागि छनोट भएको छ। इंग्लिस प्रिमियर लिग अन्तर्गत अन्तिम चरणको खेलमा आफू अनुकुल नतिजा निकाल्दै दुवै टाेली छनाेट भएका हुन्।
लिभरपुल अन्तिम खेलमा जित निकाल्दै तेस्रो हुन सफल रह्यो। यता चेल्सी भनेपराजित भयाे।
एस्टन भिल्लाको मैदानमा २-१ ले पराजित भएपनि लेस्टर सिटीले घरेलु मैदानमा जित हासिल गर्न नसक्दा चेल्सी चौथो स्थानमा रहयाे। लेस्टर भने टोटेनहमसँग घरेलु मैदानमा ४-२ ले पराजित भयो।
अंक तालिकामा च्याम्पियन म्यानचेस्टर सिटीको ८६ अंक तथा उपविजेता युनाइटेडको ७४ अंक भयो। लिभरपुल ६९ अंकसहित तेस्रो रहँदा चेल्सी ६७ अंकसहित चौथो रहयो।
पाँचौ स्थानको लेस्टरले ६६ अंक मात्र जोड्न सक्यो। टोटेनहम ६२ अंक जोड्दै सातौं तथा वेस्ट ह्याम ६५ अंक र आर्सनल ६१ अंकसाथ युरोपा लिगका लागि छनोट भयो।
दुई पटक अग्रता लिएपनि जित हासिल गर्न नसक्दा लेस्टरले च्याम्पियन्स लिग खेल्ने अवसर गुमायो।
जेमी भार्डीले १८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए। तर, टोटेनहम पहिलाे हाफमै खेलमा फर्कियाे। ४१औं मिनेटमा ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए।
दोस्रो हाफमा अर्थात ५२औं मिनेटमा भार्डीले पेनाल्टीमार्फत् नै गोल गर्दै लेस्टरलाई पुन: अग्रता दिलाए। तर, ग्यारेथ बेलले खेलको ४ मिनेट समय बाँकी रहँदा दुई गोल गरेपछि टोटेनहम जितनजिक पुगेको थियो। उनले खेलकाे ८७ र९६औं मिनेटमा गाेल गरेका थिए।
यता, एफ ए कपकाे फाइनल हारेकाे चेल्सीकाे भने खराव लय कायमै रहयाे। ४३औं मिनेटमा बार्टरान्ड ट्राओरेको गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए।
५२औं मिनेटमा पेनाल्टीमार्फत् गाेल गर्दै अनवर एल घाजीले अग्रता दाेब्बर बनाए। यद्यपि, ७० औं मिनेटमा बेन चिल्वेलले गोल फर्काएपनि चेल्सीले खेलमा फर्कन सकेन।
८९ औं मिनेटमा कप्तान सेजार एज्पिलीक्वेटा रातो कार्ड खाँदै मैदान छाडेपछि चेल्सी १० खेलाडीमा समेटिएकाे थियाे।
यता अर्काे खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २-० ले हरायो । लिभरपुलका लागि साडियो मानेले दुई गोल गरे।
उनले खेलकाे ३६ र ७४औं मिनेटमा गाेल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।