काठमाडौं- कोरोना महामारीमा रगत अभाव हुन नदिन नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले रक्तदान कार्यक्रम आयोजना सम्पन्न गरेको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा रक्तदान कार्यक्रम आयोजना गरेको संगठनका प्रवक्ता जिपी मैनालीले जानकारी दिए। बिहान ११ बजेदेखि २ बजेसम्म गरिएको रक्तदानमा २६ नेता कार्यकर्ता सहभागि थिए।
केन्द्रीय स्वयमसेवक विभागद्धारा आयोजित रक्तदान कार्यक्रममा विभागका प्रमुख सञ्जय काल्धन, विद्यार्थीका पूर्वअध्यक्ष रमेश मल्ल, अध्यक्ष रञ्जित तामाङ, कोषअध्यक्ष केशव रावल लगायत नेता कार्यकर्ताले रक्तदान गरेका थिए।
कोरोना महामारीमा रगत अभाव हुन थालेपछि अखिल क्रन्तिकारीले रक्तदान कार्यक्रम राखेर सहयोग गरेको हो।
अखिल क्रान्तिकारीले यसअघि नै काेराेना महामारीको बिच अप्ठेरोमा परकालाई सहयोग गर्न सातवटै प्रदेशमा हेल्प डेस्क बनाइ सहयोग गर्न दुर्लभ शाहीको नेतृत्वमा ६१ जना चिकित्सक र स्वास्थ्यकर्मी संलग्न टिम खटाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।