काठमाडौं- वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फर्म भर्न त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले आग्रह गरेकाे छ।
परीक्षा नियन्त्रण कार्यालयले आइतबार एक सुचना निकाल्दै अनलाइनबाट फर्म भर्न आग्रह गरेकाे हाे। त्रिविका अनुसार परीक्षा आवेदन फर्म काेराेना महामारीकाे कारण स्थगित गरिएको थियाे।
‘२०७८ साल जेठ १० देखि जेठ २० सम्म क्याम्पसमा संकलन भएका आवेदन फर्महरु सम्बन्धित क्याम्पसबाट भराउने र आवेदन फाराम छुट भएका विद्यार्थीहरुको आवेदन जेठ १२ गतेबाट २० गतेसम्म अनलाइनबाट परीक्षार्थी स्वयंले भर्न सक्नेछन्,’ विज्ञप्तिमा भनिएको छ।
क्याम्पस र परीक्षार्थीबाट भरिएका सम्पूर्ण फारामहरु क्याम्पसले रुजु गरी सोको रकम भुक्तानी गरी २०७८ जेठ २३ सम्म इन्ट्री गरिसक्नुपर्ने त्रिविले जनाएकाे छ।
www.tuexam.edu.np मा अनलाइन फर्ममा क्लिक गरी प्राप्त निर्देशन अनुसार फर्म भर्न सकिनेछ।
त्यस्तै, २०७८ साल जेठ २४ गतेबाट उक्त वेभसाइट बन्द गरिने र दोब्बर दस्तुर बुझाइ फर्म भर्ने अवधि असार १ गतेबाट ७ गतेसम्मका लागि रहने विश्वविद्यालयले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।