काठमाडाैं- ७ वर्षपछि एट्लेटिको मड्रिडले स्पेनिस ला लिगाकाे उपाधि जितकाे छ।
घरेलु मैदानमा शनिबार भएकाे खेलमा रेलिगेसन जोनमा रहेको रियल भालाडोलिडलाई २-१ ले पराजित गर्दै एट्लेटिको उपाधि हात पारेकाे हाे।एट्लेटिकोको जितमा एन्जल कोर्रिया र लुइस सुआरेजले १-१ गोल गरे। भालाडोलिडका लागि ओस्कार प्लानोले एक गाेल गरे।
खेलकाे सुरुवाति अग्रता भने भालाडोलिडले लिएकाे थियाे। उसका प्लानोले १८ औं मिनेटमा अग्रता दिलाएका थिए।
उनले काउन्टर अट्याकमा मार्कोस डे सौसाले दिएको पास गोल गरेका थिए।
यद्यपि, दाेस्राे हाफमा एट्लेटिकोले कमब्याक गर्याे।
यस सिजन उच्चलयमा रहेका कोर्रिय खेलकाे ५६ मिनेटमा गाेल गर्दै खेल बराबरीमा ल्याएका थिए। उनले यानिक करास्कोको पासलाई पेनाल्टी क्षेत्रको बाहिरबाट प्रहार गर्दै गाेल गरे।
त्यस्तै त्यसकाे १० मिनेटमा स्वारेजले गाेल गर्दै एटलेटिलाई उपाधि दिलाएका हुन्।
मैदानको मध्यभागबाट एक्लै बल अघि बढाएर उनले पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वन स्थितिमा गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।