काठमाडौं- इंग्लिस क्लब म्यानचेष्टर सिटीका सर्वाधिक सफलमध्येका एक खेलाडी एवम् अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरो अर्को महिना बार्सिलोना जाने भएका छन्।
अगुएरो अर्को महिना सम्झौता समाप्त भएपछि बार्सिलोना जाने भएका हुन्। स्पेनिस क्लब बार्सिलोनासँग दुई वर्षको सम्झौतामा हस्ताक्षर गर्न उनी सहमत भएको बेलायती अनलाइन गार्डियनले जनाएको छ।
अगुएरोले अन्य ठाउँमा उपलब्ध तलबभन्दा कम तलबमा बार्सिलोना जान स्वीकार गरेका हुन्। तर, यदि टिमले च्याम्पियन्स लिग जितेमा उनले बोनस प्राप्त गर्नेछन्।
यद्यपि, उनको प्राथमिकता क्याम्प नाउ जानु र कप्तान लिओनल मेसीसँग सँगै खेल्नु रहेकाे थियाे। यस सिजन चोटका कारण उनले १८ खेलमा ४ गोल मात्र गरेका थिए।
अगुएरोले १० वर्षअघि सिटी पुग्नुअघि स्पेनमा एट्लेटिको मड्रिडका लागि खेलेका थिए। उनले इतिहाड स्टेडियममा एभरटनविरुद्ध शनिबार हुने खेलमा फेयरवेल हुने आशा व्यक्त गरेका छन्। अर्को शनिबार च्याम्पियन्स लिग फाइनल उनको लागि सिटीमा अन्तिम खेल हुनेछ।
शुक्रबार सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो क्लबका कीर्तिमानी गोलकर्ता अगुएरोप्रति सम्मान व्यक्त गरे। ‘उनी फिट भएको बेला उनको प्रदर्शन अविश्वसनीय थियो,’उनले भने, ‘मलाई पक्का विश्वास छ कि १० हजार प्रशंसकहरू जुन स्टेडियममा हुनेछन्।’
अगुएरोले सिटीका लागि जितेको ट्रफी, प्रदर्शनका आधारमा गरेका कामहरूका लागि अविश्वसनीय छन् र सम्मान र कृतज्ञता प्रदान उनले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।