काठमाडाैं- कपिलवस्तुका माओवादी नेता दीपक पाण्डे र इयाज अख्तर मुसलमानलाई गोली प्रहार गरेकाे आराेपमा दुईजना पक्राउ परेका छन्।
कपिलवस्तु नगरपालिका १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका २ का ३३ वर्षीय साकिर अलि पाखियालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
दुवैलाई कपिलवस्तु प्रहरीको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको जनाइएकाे छ।
प्रहरीका अनुसार जेठ ५ गते राति ११ बजे कपिलवस्तु १ आनन्दबागका ३४ वर्षीय पाण्डे र भारत सिद्धार्थनगर ग्राम चेतरीका २६ वर्षीय मसलमानलाई मोटरसाइकलमा आएका तीन जनालाई गोली हानेका थिए।
लु९प ८५२१ नम्बरको मोटरसाइकलमा सवार पाण्डे र मुसलमानलाई लु१६प ३४९७ नम्बरको पल्सर मोटरसाइकलमा सवार तीन जनाले पेस्तोलबाट तीन राउण्ड गोली प्रहार गरेका थिए। त्यसपछि उनीहरु फरार हुँदै आएका थिए।
घटनामा संलग्न एकजनाकाे खाेजी भइरहेकाे प्रहरीकाे भनाइ छ।
पक्राउ परेकाहरुबाट २२० सिसीको पल्सर माेटरसाइकल, यादवले प्रयोग गर्ने गरेको मोबाइल दुई थान र ७.६५ एमएम लेखिएको जंगी राउण्ड एक थान र खोका एक थान बरामद गरिएकाे प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।