काठमाडौं- सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त भएका छन्। दुई कार्यकालभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका झा सूर्याकाे सञ्चालक बनेका हुन।
उनी सूर्या लाइफका संस्थापक सेयरधनीसमेत हुन्। संस्थापक सेयरधनीको तर्फबाट झा सूर्या लाइफमा सञ्चालकमा नियुक्त भएका हुन्।
झा भिजे इन्भेष्टमेन्टको तर्फबाट सञ्चालक भएका हुन्।
चार्टर्ड एकाउन्टेन्ससमेत रहेका झाले आफ्नो कार्यकालमा नेपाल लाइफलाई पहिलो स्थानमा पुर्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।