मोरङ- औषधि कालोबजारी गरेकाे आराेपमा बिराटनगरबाट एक जना पक्राउ परेका छन्।
सिरहा धनगढीमाई नगरपालिका ७ फुलकाहाकट्टी घर भई हाल बिराटनगर महानगरपालिका ३ स्थित बिराट अस्पताल नजिक पश्चिमवासी फार्मेसी सञ्चालन गर्दै आएका २२ वर्षीय रवीन्द्र महतो पक्राउ परेका हुन्।
ग्राहकलाई बढी मूल्यमा औषधीको बेच्ने गरेकाे सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उनलाई फार्मेसीबाट नै पक्राउ गरेको हो।
प्रहरीका अनुसार महतोले सिरहा बरियारपट्टी गाउँपालिका ३ का ४५ को रामनारायण मुखियालाई वैशाख २५ गतेदेखि ३० गतेसम्म औषधि बिक्री गर्दा २ वटा खाता बनाएर एउटा खातामा बास्तविक मूल्य लेख्ने र अर्को खातामा बढी मूल्य लेख्ने गरेकाे थिए।
पक्राउ परेका महतोको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।