काठमाडाैं- नेकपा (एमाले)को माधवकुमार नेपालपक्षसहित बहुमत सांसदहरुको हस्ताक्षर बुझाएर प्रधानमन्त्री दाबी गर्ने तयारीमा विपक्षी दलहरु लागेका छन्। अहिले सिंहदरबारमा विपक्षी दलका दोस्रो तहका नेताहरू यसबारे छलफलमा जुटेका छन्।
अर्थ समितिको हलमा जारी छलफलमा एमालेका भीम रावल, मओवादी केन्द्रका वर्षमान पुन, नेपाली कांग्रेसका बालकृष्ण खाँड, रमेश लेखक, जनता समाजवादी पार्टी (जसपा)का मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादवलगायत सांसदहरु सहभागी छन्।
छलफलमा सहभागी एक सांसदका अनुसार प्रधानमन्त्रीको दाबी दलको नभईइ व्यक्तिको हकमा हुने भएकाले त्यहीअनुसार सांसदहरूको हस्ताक्षर बुझाउनेबारे छलफल भइरहेको छ।
माओवादी केन्द्रका नेता पुन केहीबेरअघि नेपालपक्षको भेलामा बसेर छुट्टै छलफ गरेका थिए। माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ पनि माधव समूहको भेलामा सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।