काठमाडौं– भारतमा देखिएको चक्रवात ‘ताउ ते’को प्रभाव विस्तारै कम हुँदै गएकाले मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका धेरैजसो भूभागमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने महाशाखाको भनाइ छ।
दिउँसो देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सुदूरपश्चिम र प्रदेश न १ का केही स्थानहरुमा अपराह्नतिर भारी वर्षाको सम्भावना रहेको छ।
राति भने देशका अधिकांश पहाडी भूभागमा सामान्य बदली रहने महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।