• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २२, २०८३ Mon, Jul 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कुहिरोको काग बन्यो एमाले एकता प्रक्रिया : मिल्ने प्रयत्न नहुँदै अलग बाटोतर्फ!

64x64
डिबी खड्का बिहीबार, जेठ ६, २०७८  २३:०१
1140x725

काठमाडौं– नेकपाकालमै फरक बाटोमा रहेका एमालेका दुई पक्ष नजिकिन खोज्दै थिए। यसैबीच राष्ट्रिय सभाको उपनिर्वाचन भयो। निर्वाचनमा एमालेको संस्थापन पक्षका उम्मेदवार रामबहादुर थापा ‘बादल’ले हारे र वरिष्ठ नेता माधवकुमार नेपालपक्षका डा खिमलाल देवकोटाले जिते। 

नतिजापछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष  आक्रोशित छ। वरिष्ठ नेता नेपालपक्ष स्वाभाविक रुपमा हर्षित छ। 

ओली पक्षलाई माओवादी केन्द्रका पूर्वनेता ‘बादल’लाई जिताउनु एमालेमा सहृदयबाटै स्वीकारेको सन्देश प्रवाह गर्नु थियो। नेता कार्यकर्ताले स्वीकारेको प्रमाणित गर्नु थियो। जुन गर्न सकेन। 

नेपाल पक्षलाई चाहिँ यहीबेला आफ्नो पावर देखाउनु थियो। आफूविनाको एमालेको हालत प्रमाणित गर्नु थियो। त्यसमा सफलता प्राप्त भयो। 

यी दुई पक्षबाहेक अर्को समूह पनि छ। जो एकीकृत एमाले देख्न चाहन्छ, उनीहरु भने फेरि निराश  हुन थालेका छन्। किनभने मिलन केन्द्रतर्फ अघि बढिरहेका उनीहरु यही बिन्दुबाट फेरि दुई ध्रुवतिर लाग्ने संकेत देखिन थालेका छन्। 

ओली पक्षको मान्यता : जेठ २ ‘कट अफ डेट’
ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको यो निर्णयलाई एकता नचाहेको रुपमा बुझेको छ। एकता प्रकिया अघि बढिरहेका बेला सूर्य चिह्नधारी उम्मेदवारलाई भोट नहाल्ने निर्णय गर्नुलाई सामान्य रुपमा नलिने संकेत समेत ओली पक्षले गरिसकेको छ। 

एकीकरणका लागि कार्यदल बनिसकेपछि एकताउन्मुख गतिविधी अपेक्षित हुने परराष्ट्र मन्त्री तथा एमाले प्रवक्ता प्रदीप ज्ञवाली बताउँछन्। एमाले विवाद समाधानका लागि भन्दै ओली र नेपाल दुवैपक्षबाट गठन गरिएको कार्यदलका सदस्य समेत रहेका उनले आफूहरुले एकता विरोधी क्रियाकलाप नगर्न आव्हान समेत गरेको बताउँछन्। 

त्यसकारण जेठ २ लाई ‘कट अफ डेट’ मानेर दुवै पक्ष अघि बढ्नुपर्ने उनले बताए। 'जेठ २ मा कार्यदल बनिसकेपछि त्यसभन्दा अगाडि र पछाडिका कुरालाई एउटै आँखाबाट हेर्न मिल्दैन। एउटै स्टान्डर्डबाट हेर्न मिल्दैन। यो विषयलाई हामीले असाध्यै गम्भीरतापूर्वक लिएका छौं’, उनले भने।

nimb
nimb
Ncell 2
Ncell 2

बादललाई मत नहाल्ने नेपाल पक्षको कदमले पार्टी एकतालाई नै असर पुर्‍याउँछ कि भन्ने पत्रकारको प्रश्नमा ज्ञवालीले त्यो धेरै गम्भीर कुरा भएको बताए। उनको सप्ष्टोक्ति थियो, ‘किनभने, त्यसभन्दा अघि गरिएका कुराहरुलाई त, विवाद शुरु भइसकेको थिएन। कार्यदल बनिसकेको थिएन भनेर एक ढंगले हेर्न सकिएला।‘ 

नेपाल पक्षले सूर्य चिह्नमा भोट नहालेको संकेत ओली पक्षले दिउसो २ बजे नै प्राप्त गरेको थियो। यस विषयमा स्थायी कमिटीमा पनि छलफल भएको थियो। यसलाई गम्भीरतापूर्वक लिनुपर्ने कुरा त्यहाँ उठाइएको बताइएको छ। 

राष्ट्रिय सभा सदस्य पदका लागि भएको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई नेपाल पक्षले मत नदिएकोप्रति गम्भीरतापूर्वक लिएको एमाले प्रवक्ता ज्ञवालीले बताउँछन्।

उनले बैठकपछि भने, 'पार्टी निर्देशनको अवज्ञा कतिपय नेता तथा जनप्रतिनिधिबाट भएको छ। बैठकले यसलाई गम्भीरतापूर्वक लिएको छ।' पार्टीको आधिकारिक उम्मेद्‌वार बादललाई मतदान नगरी अर्को उम्मेद्वारलाई मत दिने कार्यलाई बैठकले भर्त्सना गरेको ज्ञवालीले बताए।

एकता प्रक्रियामा संशय
नेपाल पक्षलाई यो निर्वाचनमा डा देवकोटाका पक्षमा उभिनुपर्ने बाध्यता थियो। आफैंले तय गरेको उम्मेदवारलाई नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले समर्थन गरेपछि आफैं पछि हट्नु सहज थिएन। त्यसैमाथि अर्को संशय थियो- ओली पक्ष साँच्चिकै एकता चाहन्छ त?

ओली पक्षले एकता प्रक्रियालाई रणनीतिक हतियार बनाएको भन्दै जोगिन वरिष्ठ नेता नेपाललाई स्थायी कमिटीका अन्य नेताले केही दिनअघि बसेको भर्चुअल बैठकमा सुझाव दिएका थिए। आफ्नो समूहले समर्थन नगरेसम्म उक्त पक्षका उम्मेदवार बादलले नजित्ने भएपछि प्रधानमन्त्री ओली एकताका लागि तयार भएको नेपाल पक्षका नेताहरुको बुझाइ थियो। 

एकता प्रक्रियाका नाममा आफूहरुलाई उपयोग गरेर फेरि पहिले जस्तै पेल्ने रणनीति हुनसक्ने आशंका उक्त पक्षले गरेको छ। नेपाल समूहका एक नेता भन्छन्, 'यत्रो समयदेखि एकताका लागि आव्हान गर्दा वास्ता नगर्ने अध्यक्ष ओली पछिल्ला दिनमा निरन्तर सक्रिय देखिनु आफैंमा शंकाको विषय थियो। हाम्रा माग पूरा नभइ ओली पक्षलाई सहयोग गर्नु आत्मसमर्पण हुन्थ्यो।'

नेपाल पक्षीय सांसद रामकुमारी झाँक्री पार्टी भित्रको परिस्थितिमा कुनै बदलाव नआएको बताउँछिन्। राष्ट्रिय सभामा बादललाई भोट हाल्न नसक्नुको कारण बताउँदै भन्छिन्, 'संसद सदस्यबाट नै राजिनामा गर्न तयार हामीहरूलाई राष्ट्रिय सभामा कसलाई भोट हाल्ने? भन्ने प्रश्न मामुली प्रश्न हो। तर परिस्थितिमा कुनै बदलाव आएको छैन।अहंकार उस्तै छ।अन्यायको विरुद्ध बिद्रोह निश्चित छ।'

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई भने अध्यक्ष ओली एकता जोगाउनका लागि हदैसम्म लचिलो भएको बताए। अझै पनि त्यस्तो कुनै बाटो नलिने बताए। तर, नेपाल पक्ष जसरी पनि बिग्रहतर्फ नै जान लागिपरेको जस्तो देखिएको बताउँदै उनले भने, 'उहाँ नेपाल कमरेडले जहाँ बोलाउनुभयो। त्यहीँ जानुभयो। बराबर हैसियतको कार्यदल बनाउनुभयो। हदैसम्मको लचिलो हुने प्रयास गर्नुभयो। एक पक्ष एमालेमा बस्न चाहँदैन। जसरी पनि पेरिसडाँडातर्फको यात्रा तय गर्छ भने हाम्रो के लाग्छ?'

एकता कार्यदलमा अलमल
पार्टी एकीकृत गर्नका लागि मिलन बिन्दू पहिल्याएर प्रतिवेदन तयार पार्न कार्यभार समेत दिएर गठित १० सदस्यीय एकता कार्यदलले विषय नै प्रवेश गर्न पाएको छैन। एकता भाँडिने गतिविधी नगर्न आव्हान गरेको भोलिपल्टदेखि दुई पक्षबीच थप भिडन्त सुरु भयो उपनिर्वाचनका कारण।

त्यही परिस्थितिमा बैठकको औचित्य नदेखिएपछि दुईपल्ट निर्धारित बैठक स्थगित भएको छ। बुधबार ७ बजे, त्यसपछि बिहीबार अपराह्न ५ बजे बस्ने तय भएको बैठक फेरि शुक्रबार दिउँसो १ बजे बस्ने गरी सरेको छ।

एमालेका स्थायी कमिटी सदस्य एवम् अध्यक्ष केपी शर्मा ओली पक्षबाट कार्यदलका संयोजक रहेका सुवासचन्द्र नेम्वाङ व्यस्तताका कारण बैठक सरेको बताउँछन्। कार्यदलका सदस्यहरुले टेलिफोनमार्फत कुराकानी गरेको र सहमतिमै शुक्रबार १ बजे बस्नेगरी आजको बैठक स्थगित गरिएको जानकारी दिए। 

‘आज राष्ट्रिय सभाको निर्वाचन लगायतका विषय भएकाले भोलि (शुक्रबार) बस्ने गरी कार्यदलको बैठक स्थगित गरिएको हो,’ नेम्वाङले भने।

एमाले स्थायी कमिटि सदस्य तथा कार्यदलका सदस्य घनश्याम भूसालले अध्यक्ष ओलीतर्फ संकेत गर्दै अझै पनि बाम सरकार बन्न सक्ने ठाउँ रहेको बताएका छन्। तर, आन्दोलनलाई बर्बाद गर्न आफैं कसम खाएका वा आत्महत्या गर्ने तम्सिएका भएमा त्यो घडी आइपुगेको बताउँछन्। 

आफ्नो सदाबहार शैलीमा भनाइ राख्दै उनी ट्विट गर्छन्, 'हामीमा आन्दोलनप्रति न्युनतम इमान्दारी छ भन्ने प्रमाणित गर्न सक्दा अझै पनि वाम सरकार बन्नसक्ने ठाउॅ छ । आन्दोलनलाई बर्बाद गर्न आफै कसम खाएका छौं भने वा आत्महत्या गर्नै कस्सिएका हौं भने त्यो घडी नजिकै छ।'

नेपाल पक्षीय कार्यदलका सदस्य रघुजी पन्त पनि व्यस्तताकै कारण बैठक सारिएको हुने सक्ने बताउँछन्। स्थायी कमिटी बैठक भएकाले नभ्याइने कुरा गर्दै सारिएको उनले बताए। 

कार्यदल अझै एकताका लागि पर्यत्न गर्न तयार भएको उनको भनाइ छ। उनले भने, 'कार्यदलले पार्टीलाई एकताबद्ध गर्ने पर्यत्न गर्छ। हामी त्यसमा दृढ छौं। पार्टीलाई एकताबद्ध गर्न लागिपर्छौं।'

कार्यदलले आफ्नो कार्यक्षेत्रदेखि कार्यविधीसमेत पाएको छैन। दुवै शिर्ष नेताहरुले सहमितमा कार्यविधी र कार्यक्षेत्र तय गर्नुपर्ने हुन्छ। तर बिहीबारपछि दुई नेताबीचको संवाद हुने सम्भावना नै कमजोर बनिरहेको नेताहरु बताउँछन्। 

ओली पक्षमा आक्रोश
नेपाल पक्षबिहीन एमालेको परिकल्पना गर्ने धेरै कार्यकर्ता ओली पक्षमा छन्। बिहीबारको नतिजापछि नेपाल पक्षसँग कुनै सहमति गर्न नहुने भावना ओली पक्षका नेता कार्यकर्ताले प्रस्तुत गरिरहेका छन्। 

निवर्तमान गृहमन्त्री बादल राष्ट्रिय सभाको उपनिर्वाचनमा पराजित भएपछि नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपाल पक्षप्रति आक्रोश व्यक्त गरे।  उनले आफैंले दूध खुवाएर पालेको सर्पले डसेको संज्ञा दिए। बास्कोटाले ट्वीटरमा लेखेका छन्, ‘दूध खुवाएर पालेका साँपले डसेका हुन् । बिपक्षीसँग कुनै गुनासो छैन, समयको अन्त्य हैन, नयाँ सुरुआत मात्र।’

एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले घुमाउरो भाषामा वरिष्ठ नेता नेपालप्रति आक्रोश पोखेकी छिन्। उनले भनिन्, 'कमरेड तपाईं (माधवकुमार नेपाल)ले  मलाई सूर्य चिन्ह हाम्रो हो भनेर रटाउनु भयो तर तपाईंले त आज सूर्य चिन्ह छोड्नु भएछ कलम चिन्ह रोज्नु भएछ । त्यसैले तपाईंले जितेको हो र कमरेड? होइन, जित्नु भएन।'

यसैगरी ‌ओली पक्षीय युवा संघका अध्यक्ष वचन सिंह पार्टी एकीकरणका लागि बनाइएको कार्यदलको अब कुनै औचित्य नरहेको भन्दै भङ्ग गर्नुपर्ने बताउँछन्। नेपाल पक्षलाई पार्टी भित्रका धमिराहरुको संज्ञा दिँदै यथाशिघ्र कारबाही गर्नुपर्ने बताउँछन्। उनको आक्रोश यतिमै रोकिदैन। अघि बढ्दै आरोप लगाउँछन्, 'पार्टीको व्हीप, अनुशासन र आधिकारिक निर्णय नमान्ने तर पार्टी भित्रै बसिरहेका सकुनिहरुको मुखौटो आज फेरि उदाङ्गिएको छ। सुर्य चिन्हबाट चुनाव जितेका तर प्रचण्डका मामुली कार्यकर्ता हुन रुचाउने अन्तरघाति गद्दारहरुलाई अब एक मिनेट पनि पार्टीमा बस्ने सुबिधा दिइनु हुँदैन।'

ओलीलाई अप्ठ्यारो समयमा काँध थापेका बादलको पराजयलाई ओली पक्षले राजनीतिक जीवनको एउटा घटनाका रुपमा मात्रै नलिएको माथिका तथ्यले देखाउँछन्। नेपाल पक्ष पनि आफ्नो पार्टी एमाले नै हुने र आगामी दिनमा सूर्य चिह्नबाटै चुनाव लड्न पाउनेमा सशंकित छ। यसकारण एमालेमा अघि बढेको एकता प्रक्रिया तत्कालका लागि कुहिरोको काग बनेको छ। 

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  २३:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन प्रमुख प्रतिपक्ष दलसहित अन्य प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि स्थगित भएको बैठक मुख्यमन्त्री आचार्यले प्रतिपक्षले उठाएका विषयमा स... आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको सरकारको सय दिने कामको समीक्षात्मक कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो आरोप लगाएका हु... आइतबार, असार २१, २०८३
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउन लागेका छन्। अर्थ मन्त्रालयको... आइतबार, असार २१, २०८३
ताजा समाचारसबै
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन आइतबार, असार २१, २०८३
कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना आइतबार, असार २१, २०८३
नेतान्याहुसँगको सम्बन्धबारे ट्रम्पले भने–उनलाई थाहा छ, बोस को हो? आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
विमलेन्द्र निधि भेट्न निवासमै पुगे शेखर शनिबार, असार २०, २०८३
यस्ता छन् वालेन्द्र नेतृत्वको सरकारका एक सय दिने उपलब्धि शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्