प्रतिकात्मक तस्वीर।
ताप्लेजुङ- ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ रानीपुलमा बेलिब्रिज बनाउने क्रममा एक जना कामदारको मृत्यु भएको छ।
पुल निमार्णका क्रममा बुधबार साँझ लडेर बाराको सिमराका २६ वर्षीय श्यामसुन्दर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
उनी काम गर्ने क्रममा चिप्लिएर लडेका थिए। उनलाई पुल लगाउन राखिएको फलाम ढलेर किचेको थियो। घटनाका विषयमा थप अनुन्धान भइरहेको ताप्लेजुङ प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।