काठमाडौं– कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले जनताको स्वास्थ्य उपचार पाउने मौलिक हक कार्यान्वयनमा पछि नहट्न सरकारको ध्यानाकर्षण गराएको छ। बारले विभिन्न समयमा सर्वोच्च अदालतवाट भएको आदेश कार्यान्वयन गर्न पनि सरकारलाई आग्रह गरेको छ।
एक विज्ञप्ति जारी गर्दै बारले अग्रपक्तिमा खटिएका कानुन व्यवसायीहरुले पहिलो र दोस्रो डोजको खोप लगाउन नपाएकोप्रति पनि सरकारको ध्यानाकर्षण गराएको छ।
बारले अविलम्व प्रभावकारी रुपमा खोपको आयत गरि सम्पूर्ण नागरिकहरुलाई सहज खोपको उपलव्ध गराउने तर्फ ठोस कदम चाल्न आग्रह गरेको छ। त्यस्तै अस्पतालहरुमा आउने विरामीहरुलाई वेडको व्यवस्था, अक्सिजनको आपूर्तिलाई सहज बनाई जनताको स्वास्थ्य उपचारको प्रभावकारी भूमिका निभाउन बारले सरकारसँग माग गरेको छ।
महामारीको अवस्थामा जनताको उपचार र जीवनायापनको समस्या समााधनका लागि सरकारले चाल्नुपर्ने कदमका विषयमा अदालतवाट भएका आदेशहरुको कार्यान्वयन भए नभएको विषयमा अनुगमन गर्नुपर्ने निकाय क्रियाशिल बनाई महामारी नियन्त्रण र व्यवस्थापनको सम्वन्धमा भएका आदेशहरुको प्रभावकारी कार्यान्वयनको लागि बारले सर्वोच्च अदालतको समेत ध्यानाकर्षण गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।