काठमाडौं– अरव सागरमा उत्पन्न भएको चक्रवात ताउ तेको प्रभावका कारण नेपालमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज बिहानैदेखि देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। काठमाडौँ उपत्यकासहित देशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको विभागको भनाइ छ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
प्रदेश नं १, गण्डकी र बाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।