काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले बर्नलीलाई पराजित गरेको छ।
बर्नलीको घरेलु मैदानमा बुधबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३–० गोल अन्तरले हराएको हो ।लिभरपुलको जितमा रोबर्टो फिर्मिन्हो, फिलिप, अक्सलाड चेम्बरलिनले एक/एक गोल गरे।
पहिलो हाफको ४३औं मिनेटमा रोबर्टो फरमिनोको गोलबाट लिभरपुललाई अग्रता मिलेको थियो। दोस्रो हाफमा लिभरपुलले अर्को २ गोल थप्यो। ५२औं मिनेटमा साडियो मानेको क्रसमा डिफेन्डर न्याट फिलिपले हेडर गोल गर्दा लिभरपुलले अग्रता दोब्बर बनायो।
खेलको ८८औं मिनेटमा मिडफिल्डर अक्सलेड च्याम्बरलेनको गोलसँगै लिभरपुलले ३–० को जित हात पार्यो।
जितसँगै अंक तालिकाको शीर्ष चारमा उक्लिएको लिभरपुलले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ।
योर्गेन क्लोप नेतृत्वको लिभरपुलले आगामी आइतबार क्रिस्टल प्यालेससँग लिगको अन्तिम खेल खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।