काठमाडाैं- लमजुङमा पुन: भूकम्पकाे धक्का महसुस गरिएकाे छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार राति ९:२३ बजे मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले आसपास केन्द्रविन्दु बनाएर ४ म्याग्निच्यूडकाे भूकम्प गएकाे हाे।
आज बिहान ५ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएपछि पटकपटक साना ठूला गरी ५८ वटा परकम्प गएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार चार म्याग्निच्यूडभन्दा माथिका चार वटा र अरु सोभन्दा कमका रहेका छन्।
चारभन्दा माथि गएका परकम्पमा बिहान ५: ४२ मा ५.८, ८: १६ मिनेटमा ४,८: १७ मिनेटमा ४.१ र ८ : २६ बजेमा ५.३ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ।
जिल्लामा अझै भूकम्पको धक्का पटकपटक महसुस भइरहेको छ। पछिल्लो समय साँझ ७:३ मिनेट र ७:२४ मिनेटमा समेत धक्का महसुस भएको छ।
भूकम्प पटकपटक जाँदा यहाँका वासिन्दा त्रासित बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।