काठमाडाैं- फरवार्ड रोबर्ट लेवान्डोस्कीको कप्तानीमा पोल्याण्डले युरोकप फुटबलका लागि टिम घोषणा गरेकाे छ।
प्रशिक्षक पाउलो साउसाले बुधबार २६ सदस्यीय टोली घोषणा गरेका हुन्।
टाेलीमा गत मार्चमा डेब्यु गरेका १७ वर्षीय मिडफिल्डर कास्पर कोजलोस्कीले पनि स्थान बनाएका छन्।
समूह ‘ई’ मा रहेको पोल्याण्डले स्पेन, स्वीडेन र स्लोभाकियासँग खेल्नेछ।
युरोकपको १६औं संस्करण युरोपको विभिन्न देशका ११ शहरमा आयोजना हुँदैछ। प्रतियोगिता आगामी जुन ११ देखि जुलाई ११ सम्म सञ्चालन हुनेछ।
पोल्याण्ड टिम
गोलकिपर : लुकास फाबियन्स्की, लुकास स्कोरुप्स्की र वजचिएक सेचेज्नी
डिफेण्डर : जान बेडनारेक, बार्तोस बेरेन्स्की, पावल डेविडोविज, कमिल गिलिक, माइकल हेलिक, थोमस केड्जिओरा, कमिल पिएटकोस्की, टाइमोटेउस पुचाज र मासेज राएबस
मिडफिल्डर : प्रेमाइसल फ्रानकोस्की, कमिल जोजवियक, माटेउस क्लिच, कास्पर कोजलोस्की, ग्रेगोर्ज क्रिचोवियक, कारोल लिनेट्टी, जाकुब मोडर, प्रेमाइसल प्लाचेटा र पिओर जिलिन्स्की
फरवार्ड : रोबर्ट लेवान्डोस्की, डेविड कोनास्की, अर्काडिउस मिलिक, कारोल स्वीडेरस्की र जाकुब स्वीरजोक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।