काठमाडाैं- पहिलो पटक युरोकप फुटबलका लागि छनोट भएको फिनल्याण्डले टिम घोषणा गरेकाे छ।
प्रशिक्षक माक्र्कु कानेर्भाले बुधबार २६ सदस्यीय टिमको घोषणा गरेका हुन्। फिनल्याण्डको अन्तिम टोली जुन १ मा घोषणा गरिने गरिने छ।
फिनल्याण्ड कुनै पनि ठूलो फुटबल प्रतियोगितामा खेल्न लागेको यो पहिलो पटक हो। टिममा टिमु पुक्की सबैभन्दा चर्चित खेलाडीको रुपमा छन्।उनले खेल्ने नर्विच सिटी आगामी सिजनको लागि प्रिमियर लिगमा बढुवा भएको छ।
राष्ट्रिय टिममा ९० खेल खेलेका पुक्कीले फिनल्याण्डलाई पहिलो पटक युरोकपको छनोट चरणमा १० गोल गरेका थिए।
उनी फिनल्याण्डका लागि सर्वाधिक खेल खेल्नेमा छैटौं स्थानमा छन्। उनले राष्ट्रिय टिमबाट ३० गोल समेत गरेका छन्।
आगामी जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुने युरोकपमा ग्रुप बिमा रहेको फिनल्यान्डले बेल्जियम, डेनमार्क र रसियासँग खेल्ने छ।
फिनल्याण्डको टिम
गोलकिपर : लुकास ह्राडेकी, जेसे जोरोनेन, अन्सी जाकोला
डिफेण्डर : पाउलुस अराजुरी, जेरे युरोनेन, जुहानी ओजाला, थोमस लाम, अल्बिन ग्रानलुन्ड, साउली भाइसानेन, निकोलाई अल्हो, डानिएल ओ शाउघनेसी, निको हामालाइनेन, लिओ भाइसानेन, रोवर्ट इभानोभ
मिडफिल्डर : टिम स्पार्भ, रासमुस सुलर, ग्लेन कामरा, पाइरी सोइरी, जोनी काउको, फ्रेडरिक जेनसेन, ओन्नी भालाकारी, जासिन अमन असेहनाउन
फरवार्ड : टिमु पुक्की, जोएल पोहजानपालो, लासी लापालाइनेन, मार्कुस फोर्स
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।