काठमाडौं- मोरङको रंगेली नगरपालिकास्थित तिलुवा चोकको नहरमा धारिलो हतियारले घाँटी रेटी हत्या गरिएको अवस्थामा बुधबार बिहान एक महिलाको शव फेला परेको छ।
मृत भेटिएकी महिला सोही नगरपालिका-३ बस्ने २४ वर्षीया अनिता यादव रहेको खुलेको छ।
महिलाको शव फेला परेपश्चात् इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा उनकै श्रीमान् २४ वर्षीय बेचन यादव, देवर विनोद यादवसहित पाँच जनालाई पक्राउ गरेको छ।
अनुसन्धानको क्रममा तत्काल मृतकका पतिसमेत चार जनालाई नियन्त्रणमा लिएकोमा थप अनुसन्धानको क्रममा अनिता र विनोदबीच विवाद भई झैझगडा हुँदा मंगलबार राति विनोदले दाउरा प्रहार गर्दा अनिताको घटनास्थलमै मृत्यु भएको खुल्न आएपछि विनोदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।