काठमाडाैं- इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टाेली जेठ ११ गते त्यसतर्फ प्रस्थान गरेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टिम जेठ ११ गते कतार एयरवेजमार्फत् इराक प्रस्थान गर्ने जानकारी दिएकाे हाे। नेपाली टिम जुन ५ मा स्वदेश फर्किने छन्। कोरोना महामारीको दोस्रो भेरियन्टले गर्दा अहिले अन्तर्राष्ट्रिय उडानहरु बन्द भएपनि एन्फाले विशेष फ्लाइटको व्यवस्था गरेकाे हाे।
नेपालले जेठ १५ ( मे २९) मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने छ। कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मुख्य प्रशिक्षक बनेयता नेपालको राष्ट्रिय टिमले पहिलो पटक खेल्दैछ। मैत्रीपूर्ण र विश्वकप छनोटका लागि अलमुताईरीले मंगलबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरिसकेका छन्।
सुरज जिउ ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगी पहिलो पटक टाेलीमा स्थान बनाएका छन्।
नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ। छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ।
कुवेतमा हुने छनोटको बाँकी खेलअन्तर्गत नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ। यसअघि ५ खेल खेल्दा नेपालले एक खेल मात्र जितेको थियो।
नेपाली टिम :
गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास
मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।