काठमाडाैं- युरोकप फुटबलका लागि जर्मनी टिम घोषणा गरेकाे छ। मुख्य प्रशिक्षक योकिम लोले बुधबार २६ सदस्यीय टोली घोषणा गरेका हुन्।
टोलीमा ३ गोलकिपर, ९ डिफेण्डर, ११ मिडफिल्डर र ३ फरवार्ड छन्।
टोलीमा थोमस मुलर र माट हुमेल्सले पुनरागमन गरेका छन्। वायर्न म्युनिखका फरवार्ड मुलर २०१८ पछि पहिलो पटक राष्ट्रिय टिममा परेका हुन्।
यता, बार्सिलोनाका गोलकिपर टेर स्टेगेन टिममा परेका छैनन्। घुँडाको चोटको शल्यक्रिया गर्ने भएपछि उनले युरोकप नखेल्ने भएका हुन्।
आगामी जुन ११ देखि जुलाई ११ सम्म हुने युरोकपकाे समूह एचमा रहेको जर्मनीले फ्रान्स, पोर्चुगल र हंगरीसँग खेल्ने छ।
जर्मन टिम
गोलकिपर : मानुएल नोए, बर्न लेनो, केभिन ट्रयाप
डिफेण्डर : माट हुमेल्स, एन्टोनिओ रुडिगर, माथियस जिन्टर, निकलस सुले, लुकास क्लोस्टरमन, मार्सेल हाल्सटेनवर्ग, रोविन कोच, रोविन गोसेन्स, क्रिस्टियन गुन्टर
मिडफिल्डर : एम्रे चान, टोनी क्रुस, थोमस मुलर,, जोसुअ किम्मिच, इल्के गुन्डागोन, लिओन गोरेट्ज्का, लरे साने, काइ हाभार्ट, फ्लोरिन नेउहाउस, जोनास होपमन, जमल मुसिएला
फरवार्ड : टिमो वेर्नर, सर्ज जिनाब्री, केभिन भोल्याण्ड
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।