काठमाडाैं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सीले जित हात पारेको छ। घरेलु मैदानमै सम्पन्न खेलमा चेल्सीले लेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
जितसँगै चेल्सीले आगामी सिजनको च्यापिम्यन्स लिग फुटबलमा छनोट हुने सम्भावनासमेत बलियो बनाएको छ
चेल्सीका लागि ४७ औं मिनेटमा रुडिगर तथा ६६ औं मिनेटमा पाएको पेनाल्टीमा जोर्गिन्होले गोल गरेका हुन्।
लेस्टर सिटीका लागि इहिनाचोले खेलको ७६औं मिनेटमा फर्काए ।
जितसँगै चेल्सी तेस्रो स्थानमा उक्लिएको छ। चेल्सीको ३७ खेलबाट ६७ अंक भएको छ भने चौथो स्थानमा झरेको लेस्टर सिटीको ६६ अंक छ।
गतसाता चेल्सीलाई १–० ले पराजित गरी लेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।