काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ।
मंगलबार राति सम्पन्न खेलमा खेलमा युनाइटेड फुलहमसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
घरेलु मैदानमै सम्पन्न खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो।
खेलको १५औं मिनेटमै एडिन्सन काभानीकोे गोलमा युनाइटेडले अग्रता बनाएको थियो। तर, खेलको ७६ औं मिनेटमा जोइ ब्रायनले गोल गर्दै फुलहमलाई १–१ गोलको बराबरीमा फर्काए।
बराबरीसँगै ३७ खेल खेलेको युनाइटेड ७१ अंकका साथ दोस्रो स्थानमा यथावत् रहेको छ ।
समान खेल खेलेको फुलहम भने २८ अंकका साथ १८औं स्थानमा छ। फुलहम यसअघि नै रेलिगेसनमा परिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।