प्रतिकात्मक तस्वीर
गौर– कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको अवस्थामा होटलमा बसेर तास खेल्दै गरेका १० जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
गौर नगरपालिका-१ स्थित सूर्य बेम्बो रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा सोही रेष्टुरेन्टका संचालक सर्लाही बलरा नगरपालिका-३ बस्ने २२ वर्षीय अभिशेष मिश्र समेत १० जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३४ हजार ३ सय ६५ रुपैयाँ, ११ थान मोबाइल र ३ सेट तास सहित पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।