• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ १८, २०८३ Mon, Jun 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जसपाको नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार होला?

64x64
नेपाल लाइभ मंगलबार, जेठ ४, २०७८  १८:५४
1140x725

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीचको संवादपछि आफ्नै नेतृत्वमा सरकार मात्रै स्वीकार्य हुने निर्णय जसपाले गरेको छ। अन्य दलको सरकारमा सहभागी नहुने र आफ्नो नेतृत्व हुने अवस्थामा मात्रै सत्तामा जाने निर्णय उसले गरेको हो। यसअघि ठाकुरपक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प बाहेकमा छलफल हुनै नसक्ने जनाएको थियो। अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको अडानका कारण ठूलो दलका रुपमा ओली प्रधानमन्त्रीमा दोहोरिएका थिए।

बहुमत सिद्ध गर्नुपर्ने अन्तिम दिन बैशाख ३० मा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुन आग्रह गरेका थिए। ठाकुर र महतोले कांग्रेस सभापतिलाई साथ नदिने भएपछि देउवाले ओलीको विकल्पमा ‘तपाईं नै प्रधानमन्त्री बन्नोस्’ भनेर पनि ठाकुरलाई प्रस्ताव गरेका थिए। त्यसबेला ओली बाहेकको विकल्पमा ठाकुर जान नचाहेको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले बताए।

यो पनि पढ्नुहोस्

 

प्रधानमन्त्री बन्न कांग्रेसले गरेको प्रस्ताव महन्थ ठाकुरद्वारा अस्वीकारबिहीबार, वैशाख ३०, २०७८

संविधानको धारा ७६ (३) अन्तर्गत ओली अल्पमतको प्रधानमन्त्री बनेका छन्। ओलीले विश्वासको मत पाउन सकेनन् भने संविधानको धारा ७६ (५) आकर्षित हुन्छ। त्यस अनुसार संसदको कुनै एक सदस्यले बहुमत पुर्‍याउँछु भनि आधार प्रस्तुत गरेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री बनाउने व्यवस्था छ। कांग्रेसले जसपाको नेतृत्व वा जसपाले कांग्रेसको नेतृत्व स्वीकारेमा कांग्रेस–माओवादी–जसपाको सरकार बन्न सक्छ। कांग्रेसबाट देउवा वा जसपाबाट ठाकुर प्रधानमन्त्रीको दौडमा हुनेछन्। 

प्रधानमन्त्रीले विश्वासको मत लिन नसक्ने तथा संसदको कुनै सदस्यले बहुमत पुर्‍याउने आधार प्रस्तुत गर्न नसके मुलुक चुनावमा प्रवेश गर्छ। आगामी चुनाव ओलीको नेतृत्वमा सकभर नहोस् भन्ने कांग्रेसको इच्छा छ। ओलीले गराउने चुनाव धाँधलीपूर्ण हुने कांग्रेसको आशंका छ। ओलीको विकल्पमा अन्य दलको नेतृत्वमा सरकार बनाउन पार्टी तयार हुनुपर्ने तर्क पनि कांग्रेसमा उठेको छ। नेपाल लाइभसँगको अन्तर्वार्तामा कांग्रेस नेता अर्जुननरसिंह केसीले ओलीलाई प्रधानमन्त्रीबाट विस्थापन गर्न महन्थलाई सरकारको नेतृत्व स्विकार्नुपर्ने बताइसकेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

 

महन्थलाई प्रधानमन्त्री स्वीकारेर भए पनि ओलीको विकल्प खोज्नुपर्छ : अर्जुननरसिंह केसी [अन्तर्वार्ता]बिहीबार, वैशाख ३०, २०७८

कांग्रेस उपसभापति विमलेन्द्र निधि भने जसपालाई सरकारको नेतृत्व दिन नहुने पक्षमा छन्। गत निर्वाचनमा राजेन्द्र महतोसँग पराजित भएका उनी जसपालाई क्षेत्रीय दलका रुपमा ब्याख्या गर्छन्। जसपाको नेतृत्व स्वीकारेर नयाँ सरकारमा जान कांग्रेस तयार छ त भनेर निधिलाई गरिएको प्रश्नमा उनले कुनै जवाफ दिन चाहेनन्।

पार्टी केन्द्रीय समितिले आफ्नै दलको नेतृत्वमा सरकार बनाउने निर्णय गरेकाले कांग्रेसले ७६ (२) को सरकार बनाउने पहलकदमी लिएको थियो। संसदको अंकगणितले साथ नदिएपछि कांग्रेसले बहुमतको सरकारको दाबी गर्न सकेको थिएन। बहुमत पूरा गर्न नदिने शक्ति जसपाको महन्थ–राजेन्द्र पक्ष थियो। महन्थ र उपेन्द्रको संवादले प्रधानमन्त्री ओलीको विकल्प दिनसक्ने आकलन पनि सुरु भएको छ। ‘अरु विकल्पका विषयमा पार्टीले अहिले सोच्ने अवस्था आइसकेको छैन। आन्तरिक राजनीतिको खेल अझ लम्ब्याउनका लागि पनि जसपाको निर्णय भएको हुनसक्छ,’ देउवानिकट नेता मीन विश्वकर्माले भने, ‘एउटा कोर्स टुंगिसकेको छ। ७६ (५) को अनुसार कुनै सदस्यले बहुमत पुर्‍याउन आधार खोजिँदा अर्को पहल हुनसक्छ।’

ओलीले विश्वासको मत लिन नसकेको बेलामा चुनावी सरकारको नेतृत्व उनले गर्न नसक्ने तर्क विश्वकर्माको छ। सहमतीय सरकारले चुनाव बनाउँदा नेतृत्व कांग्रेस, एमाले वा अन्य कुनै व्यक्ति हुनसक्ने उनको भनाई छ।

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  १८:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति
प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक, चिन्ताजनक र देशद्रोही : गगन थापा
अर्थमन्त्री वाग्लेले भने– बिजुलीमा उपभोक्तालाई मार पर्दैन
सम्बन्धित सामग्री
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति विज्ञप्तिमा २०७७ साल जेठ ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको न... सोमबार, जेठ १८, २०८३
प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक, चिन्ताजनक र देशद्रोही : गगन थापा कांग्रेसको बिहीबारदेखि सुरु लुम्बिनी प्रदेशस्तरिय जरा अभियानको सुरुवात गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।  ‘तथ्य, प्रमाण र दस्त... सोमबार, जेठ १८, २०८३
झलनाथले भने– ‘बालेनको अभिव्यक्ति खतरनाक’ ‘हिजो प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभामा बोल्दा नेपालले समेत भारतका जग्गा मिचेको खतरनाक अभिव्यक्ति दिन पुगे । यो अत्यन्त... सोमबार, जेठ १८, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति सोमबार, जेठ १८, २०८३
प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक, चिन्ताजनक र देशद्रोही : गगन थापा सोमबार, जेठ १८, २०८३
अर्थमन्त्री वाग्लेले भने– बिजुलीमा उपभोक्तालाई मार पर्दैन सोमबार, जेठ १८, २०८३
दमकको सेतुमाडीमा बोरामा भेटिएको शवको पहिचान खुल्यो, बुधबार घरबाट हराइएकी थिइन् सोमबार, जेठ १८, २०८३
झलनाथले भने– ‘बालेनको अभिव्यक्ति खतरनाक’ सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ) आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा अधिकारी पक्राउ आइतबार, जेठ १७, २०८३
संसदभित्र प्रतिवाद नगरेका वर्षमानले बाहिर निस्किएर भने- प्रधानमन्त्रीले माफी माग्नुपर्छ आइतबार, जेठ १७, २०८३
प्रधानमन्त्रीकाे जवाफमा कांग्रेस सांसद थापाको प्रश्न : नेपालले भारतको सीमा कहाँ मिचेको छ ? आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्