काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री बन्न कांग्रेसले राखेको प्रस्ताव अस्वीकार गरेका छन्।
बिहीबारको भेटवार्तामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ठाकुरलाई नै प्रधानमन्त्री बन्न प्रस्ताव राखेका थिए। देउवाले आफ्नो पार्टी कांग्रेस र माओवादी केन्द्रले समेत सहयोग गर्ने आश्वासन ठाकुरलाई दिएका थिए।
तर, ठाकुरले भने प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेको नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए।
जवाफमा ठाकुरले अहिले केपी शर्मा ओलीलाई नै आफूहरुले सहयोग गर्ने बताएका महतको भनाइ छ।
‘जसपा अध्यक्ष ठाकुरले प्रधानमन्त्री बन्ने चाहना देखाउनुभएन’, कांग्रेस सहमहामन्त्री महतले भने,‘महन्थ जीले ओली बाहेकको विकल्पमा जानै चाहनुभएन। आफ्नो भन्दा पनि उहाँको ओली जीलाई समर्थन गर्ने देखियो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।