• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

महन्थलाई प्रधानमन्त्री स्वीकारेर भए पनि ओलीको विकल्प खोज्नुपर्छ : अर्जुननरसिंह केसी [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ३०, २०७८  १२:२६
1140x725

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार बनाउन दिएको समयसीमा आज सकिँदै छ। विपक्षी दलहरुबीच बहुमत पुर्‍याउनका लागि कसरत भएपनि त्यसले मूर्त रुप पाइसकेको छैन। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन विपक्षी अन्य दलसँग छलफल गरेपनि कुनै ठोस उपलब्धि भइसकेको छैन।

कांग्रेसको प्राथमिकता आफ्नो नेतृत्वको सरकार हो कि ओली सरकारको विस्थापन? कांग्रेसमा अहिले यी दुवै विषयमा बहस तीब्र छ। यही विषयमा कांग्रेस नेता अर्जुननरसिंह केसीसँग लिलु डुम्रेले गरेको संवाद :

बहुमत सिद्ध गरी सरकारको दाबी गर्ने आज अन्तिम दिन। नयाँ सरकार बनाउन प्रमुख प्रतिपक्ष असफल भएको हो त?

नयाँ सरकार बनाउने सम्भावना अझै टरेको छैन। नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष हुनुको नाताले वैकल्पिक सरकारको दाबी गर्नु र त्यसको पहल गर्नु स्वाभाविक प्रक्रिया हो। सरकारको नेतृत्व लिन पहलकदमी लिने केन्द्रीय कार्यसमितिबाट हामीले निर्णय पनि गरेका हौं।

अहिलेको जुन जटिल र चुनौतीपूर्ण कालखण्ड छ। राज्य सञ्चालन प्रक्रिया, संवैधानिक अवयवहरु सबैलाई निस्तेज र नियन्त्रण गर्ने जुन अभ्यास गरिएको छ। कब्जाको शैलीमा वर्तमान सरकार गइरहेको छ। त्यसको विकल्पमा कांग्रेस कसैलाई पनि सहयोग गर्न सक्छ भनी जानुपर्छ। कांग्रेस सरकार बाहिर बसी माओवादी तथा जनता समाजवादी समर्थन गर्छौ भनेर अघि बढ्नु पार्टीको हितमा हुन्छ। यो मेरो पहिलेदेखिकै दृष्टिकोण हो।

प्रमुख प्रतिपक्षले वैकल्पिक सरकार बनाउने दाबी गर्ने स्वाभाविक हो। संविधानको धारा ७६ (२) को सरकार बनाउन अरु कुनै विकल्प छ भने त्यसको पनि खोजी गर्न उपयुक्त हुन्छ भन्ने मेरो धारणा हो।

अहिलेको महामारीमा सत्तालाई प्रमुख बनाउनु भन्दा पनि नेपाली कांग्रेसले कोभिडको त्रासदीपूर्ण अवस्थातिर ध्यान दिनु उपयुक्त हुन्छ। अस्पतालमा बेड पाइएको छैन। आईसीयू, भेन्टिलेटर, अक्सिजन जनताले पाइरहेका छैनन्। मान्छेहरु अकालमा मर्नु परिरहेको छ। यो अवस्थामा वैकल्पिक र सर्वदलीय सरकार निर्माण गरेर कोभिडको महादुस्मनलाई पराजित गर्नुपर्छ।

कांग्रेसले आफ्नो दाबी गर्दागर्दै पनि त्यसमा सहमति हुन सकेन भने ७६ (२) को अनुसार वैकल्पिक सरकार अरुको नेतृत्वमा हुने अवस्था आए त्यसलाई पनि स्वीकारेर जानुपर्दछ। जसपालाई सरकारको नेतृत्व दिएर हुन्छ भने किन खुला नहुने? अथवा, अरु कसैको नेतृत्वमा सरकार बन्छ भने किन नस्वीकार्ने? अहिलेको सरकारको दम्भ र निरकुंश शैलीबाट मुक्ति पाउन कांग्रेस खुला हुनुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

सरकार बनाउन पार्टी तथा साथीहरुले गरिरहेको छलफल संवादमा सहयोग हुन्छ नै। अन्तिम अवस्थामा कांग्रेसले विकल्पमा पनि सोच्नुपर्दछ। आफ्नो नेतृत्वमा सरकार भएन भनेपनि वैकल्पिक सरकार बनाउन संयोजन गर्ने दायित्व कांग्रेसको हो। सरकार बाहिरै बसेर पनि हामीले सहयोग गर्छौं भन्न सक्नुपर्दछ। एक डेढ वर्ष सरकारमा बसेर यो महामारी र चुनौती सामना गर्न पनि कठिन छ।

कांग्रेसकै नेतृत्वमा सरकार बनाएपनि यो वीचमा भ्रष्टचारका दोषीलाई कारबाही गर्न सकिने अवस्था नबन्न सक्छ। खातैखातका भ्रष्टचारका अपराध छन्। ५८ प्रतिशत भ्रष्टचार बृद्धि भएको आँकडा छ। भोलि निर्वाचनमा जाँदा तिमीहरु पनि सरकारमा बसेका थियौ, खै के गर्‍यौ त भनेर जनताले सोध्ने अवस्था आउँछ। त्यसका लागि कांग्रेसले विकल्पको सरकार खोज्ने र बाहिर बसेर सहयोग गरौं भन्नु उपयुक्त हुन्छ। त्यसले आगामी निर्वाचनमा कांग्रेसका लागि सबैभन्दा सजिलो बाटो पनि हुन्छ।

बहुमतको सरकार बनाउन विपक्षी दलबाट महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर जान सकिने विकल्प सुनाउनुभयो। पार्टीले त्यसलाई मान्ला र?

Xtrem

Xtrem

महन्थलाई पार्टीले स्वीर्काला वा अस्विकार गर्ला, माओवादी र जसपा मिलेर बनेको सरकारलाई बाहिरबाट सहयोग गर्नुपर्दछ भन्ने मेरो धारणा हो। पार्टीमा यो विषयमा छलफल त भएकै छैन।

७६ (२) अनुसार बहुमतको सरकारको पहल अन्तिमसम्म गर्नु कांग्रेसको राजनैतिक धर्म नै हो।

बहुमतको सरकार बनाउन अर्को विकल्प माधव पक्षका सांसदले राजीनामा दिने चर्चा पनि हो। यस विषयमा केही संवाद भएको छ?

बहुमत पुर्‍याउन उहाँहरुले राजीनामा दिने एउटा विकल्प हो। अन्तिम निर्णय उहाँहरुले गरिसक्नु भएको छैन। बहुमतको सरकार बनाउने छलफलका लागि आज अन्तिम दिन छ। हेरौ के हुन्छ। ७६ (२) को सरकार बन्न सक्ने सबै विकल्पका खोजी अन्तिम समयसम्म गर्नुपर्दछ। त्यसका लागि सबै दल खुला रुपले छलफल गर्नुपर्दछ।

माधव पक्षका सांसदले राजीनामा दिएर सहयोग गरे भने उपनिर्वाचनमा उहाँलाई जिताउन कांग्रेसले पहल गर्छ भन्ने आएको छ। त्यस्तो विषयमा छलफल भएको छ र?

त्यो विकल्पमा पार्टी भित्र छलफल भइसकेजस्तो मलाई लाग्दैन। यदि राजीनामा दिनुभयो भने उपनिर्वाचनमा कांग्रेसले पनि विचार गर्नुपर्दछ।

कोरोना महामारीको यो संकटमा जुध्न किन दलबीच मतैक्य हुन सकेन?

महामारीमा जनता मृत्युसँग लडिरहेका छन्। संवेदना व्यक्त गर्दागर्दै पनि व्यक्ति आफैं अन्योलग्रस्त बन्ने अवस्था बनेको छ। मृत्युदर र संक्रमण बढिरहेको छ। स्वास्थ्य उपचारका साधनको हाहाकार नै छ। मर्न लागेका जनताका लागि प्रधानमन्त्रीका विकासका कुराले केही राहत दिन्न।

अहिलेको महामारीलाई पार गर्न सबै दल एक ठाउँ हुनुपर्दछ। जनतालाई बचाउने संकल्प अहिलेको आवश्यकता हो। ७६ (२) को सरकार बन्यो भने यो महामारी विरुद्ध लड्न सर्वदलीय सरकार बनाउने अर्को पहल पनि गर्नुपर्दछ। अहिलेको एउटा मात्रै संकल्प कोभिडसँग लड्ने हो।

बहुमतको सरकार बन्न सकेन भने देश चुनावतिर जानसक्ने देखिन्छ। प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै राखेर चुनावमा जान कांग्रेस तयार होला?

पहिले संविधान विपरित प्रधानमन्त्रीले सदन विघटन गर्नुभयो। संविधान कुल्चेर घोषणा गरेको त्यो निर्वाचन भएको भए हामीले स्वीकार्ने अवस्था हुँदैनथ्याे।

अब संविधान अन्तर्गत नै निर्वाचन हुने अवस्था आयो भने त बहिष्कार गर्ने अवस्था आउँदैन। तर, ओली नेतृत्वको सरकारले निर्वाचन गरायो भने त्यो सत्ता कब्जाकै लागि हुनेछ। उहाँले गर्ने निर्वाचन निष्पक्ष हुनेमा बडो ठूलो आशंका छ।

आज बहुमतको सरकारको दाबी गर्ने अन्तिम दिन हो। आज केही हुनसक्ला?

निष्कर्ष निस्कियोस् भन्ने हो। बहुमतको सरकार बन्ने सम्भावना भने मैले कमजोर देखेको छु। अहिले अड्किएर बसेकालाई ‘तपाईहरु नै नेतृत्व गर्नुस्’ भनी उदारता कांग्रेसले देखाउनुपर्दछ। माधव नेपाल पक्षले के निर्णय गर्छ, त्यसमा पनि धेरै कुरा निर्भर गर्छ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्