काठमाडौं– मकवानपुर प्रहरीले एक क्विन्टल लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१ स्थित त्रिभुवन राजपथ सडकखण्डबाट गाँजासहित तीन जनालाई सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काभ्रेको महाभारत गाउँपालिका ५ का ४९ वर्षीय आइतेबहादुर ठाडामगर, भीमफेदी गाउँपालिका ९ का ४१ वर्षीय राजकुमार तामाङ र कैलाश गाउँपालिका १० का ३६ वर्षीय सुबिन रुम्बा छन् ।
नाटारबाट हेटौंडातर्फ आउँदै गरेको ना २ ख ९८६२ नम्बरको ट्रकमा उनीकहरुले गाँजा ल्याएको प्रहरीले जनाएको छ।
पक्राउ परेका मध्ये ठाडामगर ट्रक चालक हुुन्। उनीहरुले ट्रकको क्याबिनको हुटमा फल्स बटम बनाएर १७ वटा पोकामा १ क्विन्टल गाँजा लुकाएर ओसारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।