काठमाडौं- युरोकप फुटबल प्रतियोगिताको लागि बेल्जियमको टिम घोषणा भएको छ। बेल्जियमले अर्को महिनादेखि सुरु हुने प्रतियोगिताको लागि सोमबार २६ सदस्यीय टिम घोषणा गरेको हो।
युरोपियन फुटबल महासंघ (युईएफए)ले कोरोना महामारीका कारण यसपटक २६ जना खेलाडी राख्न पाउने निर्णय गरेसँगै कप्तान इडेन हाजार्डकाे नेतृत्वमा टाेलीकाे घाेषणा गरिएकाे हाे।
टिममा ३ गोलकिपर ५ डिफेण्डर, ११ मिडफिल्डर र ७ जना फरवार्ड छन्। बेल्जियमले ११ जना स्ट्यानबाई खेलाडीको नाम समेत घोषणा गरेको छ।
मुख्य प्रशिक्षक रोवर्टो मार्टिनेजले घोषणा गरेको टिममा गोलकिपर कोएन कास्टिल्सको स्थानमा माट्ज सेल्सले स्थान बनाएका छन्।
समूह ‘बी’मा रहेको बेल्जियमले डेनमार्क, फिनल्याण्ड र रसियासँग खेल्नेछ।
युरोकपको १६औं संस्करण युरोप आगामी जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ। प्रतियोगिताको ६०औं वर्षगाँठको रुपमा यसपटक खेल विभिन्न देशका ११ शहरमा आयाेजना हुनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।