झापा– झापाको झापा गाउँपालिकाबाट लागुऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा गाँउपालिका-२ का २२ बर्षीय रोशन भुजेल, २१ बर्षीय साजन लिम्बू र ताप्लेजुङ सिरिजङ्गा-१ का १९ बर्षीय प्रताप लिम्बू रहेका छन्।
पैदल हिँडिरहेका तिनै जनालाई आइतबार राति साढे ८ बजे इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट ५३० मिलिग्राम खैरोहेरोइनबरामद गरेकाे हाे। उनीहरुबाट ब्राउनसुगर नाप्ने डिजिटल तराजु २ थान र नगद ५९ हजारसमेत फेला परेकाे प्रहरीले जनाएकाे छ।
लागुऔषधसहित पक्राउ परेका तिनै जनामािथ जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।