काठमाडाैं– इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले जित निकालेको छ। लिभरपुलले रेलिगेसनमा परेको वेस्ट ब्रुमलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
लिभरपुललाई जित दिलाउन मोहमद सलाह र एलिसन बेकरले एक /एक गोल गरे।
खेलमा सुरुवाती अग्रता भने वेस्ट ब्रुमले बनाएको थियो। खेलको १५ औं मिनेटमा रोबिन्सन कानुले गोल गर्दै वेस्ट ब्रुमलाई अग्रता दिलाएका थिए।
खेलको ३३ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याएका थिए।
त्यसपछि खेलको इन्जुरी समयको अन्तिम मिनेटमा गोलकिपर एलिसनले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए। ट्रेण्ड आर्नोल्डको कर्नर बलमा एलिसनले उत्कृष्ट हेड गोल गरेका थिए।
जितसँगै लिभरपुलले ३६ खेलबाट ६३ अंकका साथ पाँचौ स्थानमा रहेको छ। जितले लिभरपुलको शीर्ष चारको सम्भावना जीवित रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।