काठमाडाैं- इटालियन सिरी ए अन्तर्गत आइतबार भएकाे खेलमा नेपोलीले फिओरेन्टिनालाई पराजित गरेकाे छ।
अवे मैदानमा भएको खेलमा नेपोलीले २-० को जित दर्ता गरेको हो। याेसँगै नेपोलीले च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनालाई बलियो बनाएको छ।
नेपोलीको जितमा कप्तान लोरेन्जो इन्सिग्ने र पिटर जिलेन्सकीले गाेल गरे।
५७ औं मिनेटमा प्राप्त पेनाल्टीमा इन्सिग्ने चुकेपनि उनले रिबाउन्डमा गोल गरेका थिए। ६७ औं मिनेटमा इन्सिग्नेको पासमा पिटर जिलेन्सकीको प्रहार डीफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो।
जितसँगै नेपोली ३७ खेलमा ७६ अंकसाथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएकाे छ।
समान अंक जोडेको एसी मिलान एक खेल कम खेल्दै चौथो स्थानमा छ। नेपोलीको जितले पाँचौ स्थानमा झरेको युभेन्ट्सको ७५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।