काठमाडौं- वुल्भ्समाथि सहज जित निकाल्दै टोटेनहमले युरोपा लिगमा छनाेट हुने सम्भावना बलियो बनाएकाे छ। घरेलु मैदानमा आइतबार राति भएको खेलमा टोटेनहमले वल्भ्सलाई २–० ले पराजित गरेको हो।
टोटेनहमका लागि ह्यारी केन र डेनिस मिडफिल्डर पिएरे इमिल होएबिएरले एक/एक गोल गरे। टोटनहम हटस्पर स्टेडियममा घरेलु टोलीले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको थियो।
४५औं मिनेटमा केनले पिएरे इमिल होएबिएरको पासमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए।
होएबिएरले ६२औं मिनेटमा गोल गर्दै टोटेनहमलाई २–० को जित दिलाए।
जितपछि टोटेनहम ३६ खेलबाट ५९ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ। पराजित वुल्भ्स ४५ अंक जोडेर १२औं स्थानामा यथावत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।