• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माधव नेपालपक्षका ६ बुँदे माग : पूरा हुन कति सम्भव, कहाँ जटिल?

64x64
डिबी खड्का आइतबार, जेठ २, २०७८  २१:४५
1140x725

काठमाडाैं- आइतबार नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा तेस्रो चरणको वार्ता भयो। दुई नेताबीचको वार्तापछि प्रतिक्रिया दिँदै नेपालले पत्रकारहरुसँग भने, 'मैले यसअघि नै पठाएका ६ बुँदाअनुसार २०७५ जेठ २ गतेमा फर्किनका लागि वार्ता टोली गठन भएको छ।'

त्यसअघि ओलीले वार्ताबारे छोटो प्रतिक्रिया दिँदै भनेका थिए, 'पार्टी मिल्छ।' उनी बाँकी कुरा नेपालले नै प्रष्ट्याउने भन्दै बाहिरिएका थिए। ओलीले आफूहरुबीच भएको सहमतिबारे बोल्ने जिम्मा वरिष्ठ नेता नेपाललाई दिएपछि उनकै भनाइलाई पत्याउनुपर्ने हुन्छ। तर, नेपालले भनेजस्तै सोलोडोलो जेठ २ गते फर्किन ओली समूह तयार भइहाल्दैन। किनभने अप्ठ्यारो परेको बेला अध्यक्ष ओलीलाई काँध थापेको रामबहादुर थापा ‘बादल’ समूहको सुरक्षालाई ओली समूहले 'बटमलाइन' बनाउनेछ। 

नेपालपक्षले उल्लेख गरेका ६ बुँदा पछिल्ला तीन चरणका वार्ताका क्रममा राखिएका नयाँ विषय होइनन्। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने अघिल्लो दिन वैशाख २६ गते राति नेपालले एउटा पत्र लेखेका थिए। जहाँ ६ बुँदामा आफ्ना माग प्रस्तुत गरेका थिए।

ती माग पूरा नभए सांसदबाट सामूहिक राजीनामा दिने त्यो पत्रमा उल्लेख थियो। त्यो समय माग पूरा नभएपनि सामूहिक राजीनामा त दिएनन् तर उक्त पक्षका २८ जना सांसद प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि बोलाइएको वैशाख २७ गतेको प्रतिनिधि सभा बैठकमा अनुपस्थित भए।
उक्त समूहले सामूहिक राजीनामा दिँदा विपक्षीको पल्लाभारी हुने भएपछि ‌ओली, नेपाल पक्षसँग संवादमा जुटे। त्यो क्रम जारी छ। पछिल्ला तीन चरणका वार्तामा 'सहमति गर्ने सहमति' बाहेक ठोस निष्कर्ष निस्किन सकेको छैन। सहमतिको मध्यबिन्दू आफैंले पहिल्याउन नसकेपछि दोस्रो तहका नेताहरुलाई जिम्मा दिइएको छ। दुवै पक्षका पाँच-पाँच जना गरी १० जनाको कार्यदल गठन भएको छ। 

नेपालले आइतबार त्यही ६ बुँदा आफ्नो बटमलाइन रहेको संकेत गरेका कारण यो पक्षले राख्ने प्रस्तावको टुंगो लागेको मान्न सकिन्छ। 

यस्ता छन् माधव नेपालका ६ बुँदा 
१. सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को विधान, नियमावली, आचार संहिताअनुरुप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनुपूर्वको अर्थात् जेठ २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेशागत सगठनका सवै संरचनाहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउने। 

वैशाख २६ गते अध्यक्ष ओलीलाई गरिएको 'पार्टी एकता कायम राख्न आग्रह'को पहिलो बुँदा नै नेपाल समूहको मुख्य अजेन्डा हो। त्यसमा कुरा मिलेपछि बाँकी पाँच बुँदामा स्वत: सहमति जुट्छ। 

जेठ २ मा पुर्‍याउने भनेको फागुन २८ पछि अध्यक्ष ओली समूहले गरेका निर्णयको खारेजी मात्रै होइन, नेकपा बनाउन एमाले र माओवादी केन्द्रबीच भएका 'अन्डरस्ट्यान्डिङ' समेत भर्सेलामा पार्नु हो।

Ncell 2
Ncell 2

जेठ २ मै एमालेका तर्फबाट अध्यक्ष ओली र विष्णु पौडेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनार्दन शर्माले एउटा सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। जहाँ नेकपा बनाउँदा एमालेबाट २४१ र माओवादीबाट २०० केन्द्रीय सदस्य राख्ने निर्णय थियो। ४३ सदस्यीय स्थायी समिति बनाउने र त्यसमा एमालेबाट २५ र माओवादीबाट १८ जना राख्ने पनि सहमति भएको थियो। त्यसअघि एमालेको केन्द्रीय कमिटी २०५ सदस्यीय मात्रै थियो। नवौं महाधिवेशनबाट १९५ जना निर्वाचित भएका थिए। १० जनालाई मनोनीत गर्नुपर्ने थियो। यहाँनेर पनि ओली-नेपाल पक्षको नयाँ सहमति जरुरी पर्नेछ। किनभने ४६ सदस्य थप गर्दा ओली पक्षकै धेरै परेका छन् जुन नेपाल पक्षलाई चित्त बुझेको छैन।   

एमालेको महाधिवेशनबाट निर्वाचित १५ सदस्यीय पदाधिकारीमा ओलीपक्षका ६ जना मात्रै थिए तर, नेपालको पक्षका ९ जना थिए। उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिवहरू प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ ओली पक्षका हुन्। अहिले गौतम तटस्थ भएका कारण ओलीको पक्षमा ५ जना मात्रै पदाधिकारी हुनेछन्। 

वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीमबहादुर रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई नेपालको पक्षमा छन्।

२६ सदस्यीय स्थायी कमिटीमा गौतम पक्षलाई समेत गन्दा ओली पक्षमा १४ र नेपाल पक्षका १२ जना थिए। गौतम पक्ष तटस्थ रहेपछि दुवैतिर १२–१२ जना सदस्य हुन्छन्। निर्णायक मत गौतमसँग हुनेछ। नेपाल पक्षको आत्मविश्वास गौतम पक्षले आफूलाई साथ दिन्छ भन्ने छ। त्यसैले सहमतिपछि बस्ने निर्णायक स्थायी कमिटी बैठकमा आफू अनुकुल निर्णय गराउन सकिने आकलन नेपाल पक्षले गरेको छ। स्थायी कमिटी बैठकको माग गरिरहनुको अन्तर्य पनि यही हो। 

त्यही स्थायी कमिटीबाट माओवादी केन्द्रबाट आएका रामबहादुर थापा ‘बादल’ समूहलाई एमालेमा 'इन्डोर्स' गराउने रणनीति नेपाल पक्षको छ। बादल समूहलाई एमालेमा प्रवेश गराइरहँदा आफ्नो पक्षले प्राप्त गरेका भूमिका कटौती नहुने गरी गरिनुपर्ने अजेन्डा नेपाल पक्षको हुनेछ।
किनभने नेकपाकालमा नेपाल पक्षका नेताहरुले नेतृत्व गरेका प्रदेश ईन्चार्जको जिम्मा बादल समूहले पाएको छ। बादल आफैं नेपाल समूहकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य ईन्चार्ज रहेको बागमति प्रदेश प्रमुख छन् भने लेखराज भट्ट उपाध्यक्ष भीम रावल ईन्चार्ज रहेको सुदूरपश्चिम ईन्चार्ज बनेका छन्। भूमिका खोसिएका नेपाल समूहका दुवै नेता प्रभावशाली मानिन्छन्। 

२. नवौं राष्ट्रिय महाधिवेशको मार्गनिर्देशन र पार्टीको विधान विपरीत २०७७ साल फागनु २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरू खारेज गर्ने। 

नेपाल समूह सहभागी नभएको फागुन २८ र चैत ७ गते बसेको एमाले केन्द्रीय कमिटीको निर्णय पार्टी जीवनका लागि महत्वपूर्ण छन्। बादल समूहलाई २३ केन्द्रीय सदस्य दिएर नेकपामा तिनै बैठकले प्रवेश गराएका हुन्। त्यसैगरी तत्कालीन अञ्चल कमिटीलाई प्रदेशमा रुपान्तरण पनि त्यही बैठकले गरेको हो। तिनै बैठकबाट प्रदेश ईन्चार्ज र सहईन्चार्ज तोक्ने काम भयो। असन्तुष्ट रहेको नेपाल समूहलाई जिम्मेवारीविहीन बनाइएको छ। 

केन्द्रीय कमिटीको दसौं बैठकले परिवर्तित परिस्थिति अनुरुप पार्टी विधानमा बाधा अड्काउ फुकाउने निर्णय गर्नुका साथै पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको मिति  २०७८ मंसीर २–६ गते निर्धारण गर्‍यो। पदाधिकारीमा बहुमत रहेको नेपाल समूहलाई साइजमा ल्याउने रणनीतिक निर्णय पनि गरियो। बैठकले विद्यमान केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गर्‍यो। अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेल क्रमशः महाधिवेशन आयोजक कमिटीको अध्यक्ष र महासचिव भए। अरु सवै सदस्यमा रुपान्तरण भए। 

३. पार्टीलाई विधि, विधान र पद्धति अनुरुप सञ्चालन गर्ने।

वरिष्ठ नेता नेपालको जिब्रोमै 'बिधी र पद्धति' झुन्डिएको हुन्छ। प्रधानमन्त्री ओली यसमा त्यति विश्वास गर्दैनन्। एमालेका एक नेताको टिप्पणी छ, ‘मागका हिसाबले पनि यो सैद्धान्तिक पक्ष मात्रै हो। प्रधानमन्त्री ओलीले सहमति जनाइदिए पुग्छ। पालना गर्ने कुरा आगामी दिनमा हुने आपसी सहमतिको उचाइमा भर पर्ने हो।‘

४. पार्टीमा उत्पन्न अन्तरविरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरू तथा एकअर्काप्रति लगाइएका आरोप-प्रत्यारोप एवम् समस्याहरूको बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्ने। 

प्रतिनिधी सभा विघटनपछि नेपाल समूहले ओली समूह लक्ष्य गरेर 'प्रतिगामी', 'निरंकुश', 'तानाशाह' आदि इत्यादि भन्यो।
ओली समूहले त स्पष्टिकरण सोधेर नेपाल समूहका चारजनाई निलम्बन समेत गर्‍यो। हाल फुकुवा भइसकेको निलम्बन पत्रमा नेपाललाई आरोप लगाइएको छ- ‘एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टी भित्रको सहकार्य र सदभावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरुसँग निरन्तर वैठक भेटघाट गर्ने र उनीहरुको पक्षपोषण गर्ने, अहंकारी,  आत्मकेन्द्रीत रस्वार्थी प्रवृत्ति देखियो।‘ 
एमालेका एक नेताको टिप्पणी छ- ‘कम्युनिष्ट पार्टीका नेताहरुबीच फाटो आउँदा उनीहरुलाई गरिने सम्बोधन, दिइने संज्ञा र प्रयोग हुने भाषा सहज पाचन हुने खालको हुँदैन। तर, यी आरोप-प्रत्यारोप 'रिसको झोंकमा भनिहालियो' भनेर एक अर्कालाई माफ गर्दा पुग्ने खालकै छन्। त्यसैले मिल्न मुश्किल देखिदैन।‘

५. सरकार र पार्टीको बीचमा समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरी हित, अपेक्षा र आवश्यकता अनुसार सञ्चालन गर्ने। 

यो नेकपाकालीन माग नै हो। कम्युनिष्ट शासनमा सरकार पार्टीबाट चल्नुपर्ने मान्यताकै उपज हो। प्रचण्ड-नेपाल भएर पनि यो अजेन्डा अघि सारेका हुन्। सरकारले गर्ने निर्णयले पार्टीको लाभहानी गर्ने भएकाले त्यसपूर्व पार्टीमा सल्लाह हुनुपर्ने माग हो। त्यसमा सैद्धान्तिक सहमति हुन सक्छ। प्रधानमन्त्री ओलीको स्वभावका कारण लागु हुने स्वयं नेपाल समूहले पनि अपेक्षा नगरेको हुन सक्छ।

६. उक्त कुराहरूको आधारमा पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउने। यथा समयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरू सम्पन्न गर्ने। हामीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) मात्र होइन, नेपालको कम्युनिष्ट आन्दोलनको एकताको रक्षा तथा देश, जनता र पार्टीको हितको लागि अगाडि सारेका उपयुक्त कुराहरूलाई गम्भीररुपमा ग्रहण गरी समस्याको समाधानको दिशामा अग्रसर हुन तपाई र तपाई निकट सबै नेता, कार्यकर्ता र सदस्यहरूलाई आव्हान गर्दछौं। हाम्रा उक्त जायज आवाजहरूलाई वेवास्ता गरियो भने तपाई पार्टी विभाजन गर्दै देश, जनता र लोकतन्त्रलाई अन्योल र दिशाहीन तुल्याउन उद्दत रहनुभएको भन्ने अर्थ लाग्ने स्पष्ट छ।

भन्नुपर्ने कुरा भनिसकेपछि, राख्नुपर्ने माग राखिसकेपछि जोडिने 'नत्र'पछिका कुरा यहाँ उल्लेख छन्। एमालेका एक नेताको टिप्पणी छ, ‘त्यसअघिल्ला बुँदामा सहमति हुँदा नत्रको अर्थ हुँदैन। सहमति नहुँदा पनि नत्र भन्नुको अर्थ हुँदैन, गर्नुको मात्रै अर्थ रहन्छ।‘
 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  २१:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी आयोगको निर्णय लगत्तै निर्वाचन आयोग परिसरमा देउवा पक्षले नाराबाजी गरिरहेका छन् । आयोगको निर्णय षड्यन्त्रपूर्ण रहेको प्रतिक्रिया देउवा... शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार आयोगको निर्णयप्रति प्रतिक्रिया दिँदै उनले भने, ’निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो । अब हामी कसरी अगाडि बढ्ने भ... शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो । शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
पूर्वन्यायाधीश शर्माको संयोजकत्वमा सहकारी बेथिति छानबिन आयोग गठन शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्