• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
महामारीमा हराएको मानवता

९० रूपैयाँमा किनेको औषधी ८ हजारमा बिक्री, लासमा समेत बार्गेनिङ

५ सय प्रतिशतसम्म बढी असुलेर ठगी
64x64
नेपाल लाइभ सोमबार, जेठ ३, २०७८  ०८:३१
1140x725
बढी भाडा लिएको आरोपमा पक्राउ परेकाहरू। फाइल तस्वीर।

काठमाडौं- जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोलीले शनिबार दुईवटा एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लियो। ना २ च ३२५६ र ना २ च ८१९९ नम्बरको एम्बुलेन्स चालकद्वय वीरवल मुखिया र कमरुदिन रायभर वीरगञ्जस्थित नेशनल मेडिकलको प्रांगणबाट पक्राउ परे।

उनीहरुले कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव बोक्ने क्रममा बार्गेनिङ गरेका थिए। शव बोक्न प्रचलित मूल्यभन्दा तेब्बर मूल्य लिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता, डीएसपी ओमप्रकाश खनालले बताए। पक्राउ परेका दुवै जनाविरुद्ध कालोबजारी सम्बन्धी कसूरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

यी एम्बुलेन्स चालकद्वयले कोरोनाका बिरामी र मृतक बोक्ने क्रममा तेब्बर भन्दा बढी रकम असुल्दै बिरामी र मृतक बोक्ने गरेको प्रहरीको भनाइ छ।

यी दुई जनाले तेब्बरसम्म लिएपनि यही महामारीलाई मौका छोप्दै ५ सय गुणसम्म असुली गरेको पाइएको छ। वैशाख २३ गते महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले ५ सय प्रतिशतसम्म बढी भाडा असुलेको आरोपमा तीन जनालाई पक्राउ गर्‍यो। काठमाडौंबाट बुटवल र पोखरा जाने यात्रुसँग ५ सय प्रतिशतसम्म बढी भाडा असुलेको पाइएपछि पोखरा चल्ने माइक्रोमा काम गर्ने बन्दराज पराजुली, नवीन पौडेल र बुटवल काउन्टरमा काम गर्ने रन्जित सिलवाल पक्राउ परे। 

काठमाडौं–पोखराको नियमित भाडा ५ सय भए पनि उनीहरुले ३५ सयसम्म लिए। काठमाडौं–बुटवलको भाडा १२ सय भए पनि उनीहरुले ५ सय प्रतिशत बढी असुल्दै ६ हजार लिए। महाशाखाका एसएसपी जनक भट्टराईका अनुसार जारी निषेधाज्ञामा बढी भाडा असुल्ने ३३ जनालाई ट्राफिक महाशाखाले पक्राउ गरिसकेको छ।

कोरोना महामारीका कारण नागरिकको दैनिक जनजीवन अस्तव्यस्त भइरहेका बेला केही व्यक्तिलाई यो अवसर बनेर आएको छ। यही मौकामा उनीहरु कृत्रिम कालोबजारी सिर्जना गर्नेदेखि नक्कली सामान बजार पठाएर ठगी गर्दै आएका छन्। कतिसम्म भने कोरोनाको उपचारमा लाग्ने औषधी नक्कली बनाएर बजार पठाउनेसम्मका आपराधिक कार्य भएका छन्। 

मोरङ प्रहरीले कोरोनाको उपचारमा प्रयोग हुने रेम्डेसिभिर भनेर स्टासेफ औषधी बेच्ने दुई जनालाई पक्राउ गरेकोे थियो। विराटनगर-४ मा रहेको साथी मेडिकल पसलका सञ्चालक सोनु आलम र श्रवणकुमार यादव पक्राउ परेका थिए। ९० रुपैयाँमा खरिद गरेको स्टासेफ औषधीमा रेम्डेसिभिरको स्टिकर टाँसेर ८ हजार रुपैयाँसम्म लिएर उनीहरुले बिक्री गरेको मोरङका एसपी सन्तोष खड्का बताउँछन्। 

भारतको पटनाबाट रेम्डेसिभिरको स्टिकर ल्याएर उनीहरुले स्टासेफ औषधीमा टाँस गर्दै रेम्डेसिभिर भन्दै बेच्दै आएका थिए। कोरोनाका गम्भीर विरामीको ज्यान जोगाउन प्रयोग गरिने औषधीमा समेत उनीहरुले गम्भीर खेलवाड गरी नक्कली औषधी बेच्ने गरेको पाइएपछि कालोबजारीसँगै केही सामाजिक अपराध तथा सजाय ऐन अन्तर्गतको कसूरमा उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

महामारीलाई मौका ठान्नेहरुका लागि कालोबजारी गर्ने क्षेत्र यतिमा मात्रै सीमित छैन। कोरोना संक्रमण भइहालेमा शरीरको अक्सिजन र पल्सको मात्रा नाप्ने अक्सिमिटरमा समेत कालोबजारी रोकिएको छैन। नक्कली अक्सिटिमर बजार पठाउनेदेखि चर्को रकम असुलेर ठगी गरेका घटनाहरु पनि छन्। 

अक्सिमिटरमा कालोबजारी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले वैशाख २८ गते ७ जनालाई पक्राउ गर्‍यो। ७ सय पर्ने अक्सिमिटरलाई उनीहरुले २२ सयसम्म लिएर बेचेको आरोप छ। महाशाखाले नै ४ हजार पर्ने रेम्डेसिभिरलाई २० हजार रुपैयाँसम्म बिक्री गरेको आरोपमामा एक जनालाई बसुन्धाराबाट पक्राउ गरेको थियो। 

प्रहरीले बरामद गरेको अक्सिमिटर।

यो महामारी अधिकांश मान्छेका लागि कसरी बाँच्ने भन्ने छ। तर, केही मानिसका लागि भने यो महामारी मौका बनेर आएको छ। आखिर किन यस्तो हुन्छ ? पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, ‘यो मान्छेको मानसिकता हो। एक किसिमको रोग हो।’

उनका अनुसार हरेक कुराको माग बढी भएपछि कालोबजारी शुरु हुन थाल्छ। कालोबजारी भनेकै यस्तै महामारी, आपतविपत, चाडबाडलगायतमा बढी हुने अपराध हो। ‘अफ्ठ्यारो परिस्थितमा फाइदा खोज्ने मानसिकता हो’, ठकुरीले उदाहरण दिए, ‘गत वर्षको लकडाउनमा थर्मल गन कालोबजारीमा पक्राउ परेका व्यापारी सुलभ अग्रवाल दुई-चार लाख बढी रकम असुलेर बेच्नुपर्ने मान्छे होइनन्। तर, उनी कालोबजारी आरोपमा पक्राउ परे। त्यसकारण यो भनेको मान्छेको मानसिकतामा भर पर्ने कुरा हो।’

त्यसबेला थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवाल २५ दिनको हिरासत बसाइँपछि साढे २५ लाख धरौटी तिरेर रिहा भएका थिए।

महामारीमा मौका छोप्ने कानुनी दायरामा आउँछन् : एसएसपी कुँवर
जारी महामारीमा मौका छोपी, कालोबजारी गर्ने जो कोहीलाई पनि प्रहरीले नछाड्ने नेपाल प्रहरीका प्रवक्ता, एसएसपी वसन्त कुँवर बताउँछन्। ‘कोही आपराधिक मानसिकता भएका व्यक्तिलाई यस्तो महामारी अवसर बनेर आउन सक्छ। तर, त्यस्ता अपराधविरुद्ध नेपाल प्रहरी निर्मम भएर प्रस्तुत हुन्छ। र, भइरहेको छ’, एसएसपी कुवँरले भने।

महामारीमा मौका छोपी कृत्रिम कालोबजारी सिर्जना गरी ठगी गर्नेहरुविरुद्ध कारबाही गर्न सादा पोशाकमा समेत प्रहरी परिचालन हुने गरेका छन्। ट्राफिक महाशाखादेखि काठमाडौं, ललितपुर, भक्तपुर प्रहरीले समेत सादा पोशाकमा प्रहरी खटाएर कालोबजारी गर्नेविरुद्ध कारबाही जारी राखेको बताएका छन्। 

1140x725
बरामद सिलिण्डर।

काठमाडौं प्रहरीले केही दिनअघि मात्रै ठूलो मात्रामा गुण्स्तरहीन स्यानिटाइजर बरामद गरेको थियो। उता ललितपुर प्रहरीले पनि लुकाएर राखेको अक्सिजन सिलिण्डर संकलन गरेर विभिन्न अस्पताललाई बुझाएको छ। 

यसैगरी, देशैभरका प्रहरीलाई महामारीमा कालोबजारी गर्ने, ठगी गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेविरुद्धको कारबाही तीव्र पार्न प्रहरी प्रधान कार्यालयले समेत निर्देशन दिइसकेको प्रवक्ता कुँवरले बताए।

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  ०८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी
हेर्नुहोस् तस्बिरमा बडीमालिका
सीमा क्रोएसियाको जेडएनके स्प्लिट क्बलमा अनुबन्ध
सम्बन्धित सामग्री
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी मंगलबार, भदौ ९, २०८३
हेर्नुहोस् तस्बिरमा बडीमालिका मंगलबार, भदौ ९, २०८३
सीमा क्रोएसियाको जेडएनके स्प्लिट क्बलमा अनुबन्ध मंगलबार, भदौ ९, २०८३
नीशम जनकपुर बोल्ट्समा फर्किए मंगलबार, भदौ ९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्