• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, वैशाख ३१, २०८२ Wed, May 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
महामारीमा हराएको मानवता ९० रूपैयाँमा किनेको औषधी ८ हजारमा बिक्री, लासमा समेत बार्गेनिङ ५ सय प्रतिशतसम्म बढी असुलेर ठगी
64x64
नेपाल लाइभ सोमबार, जेठ ३, २०७८  ०८:३१
1140x725
बढी भाडा लिएको आरोपमा पक्राउ परेकाहरू। फाइल तस्वीर।

काठमाडौं- जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोलीले शनिबार दुईवटा एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लियो। ना २ च ३२५६ र ना २ च ८१९९ नम्बरको एम्बुलेन्स चालकद्वय वीरवल मुखिया र कमरुदिन रायभर वीरगञ्जस्थित नेशनल मेडिकलको प्रांगणबाट पक्राउ परे।

उनीहरुले कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव बोक्ने क्रममा बार्गेनिङ गरेका थिए। शव बोक्न प्रचलित मूल्यभन्दा तेब्बर मूल्य लिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता, डीएसपी ओमप्रकाश खनालले बताए। पक्राउ परेका दुवै जनाविरुद्ध कालोबजारी सम्बन्धी कसूरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

यी एम्बुलेन्स चालकद्वयले कोरोनाका बिरामी र मृतक बोक्ने क्रममा तेब्बर भन्दा बढी रकम असुल्दै बिरामी र मृतक बोक्ने गरेको प्रहरीको भनाइ छ।

यी दुई जनाले तेब्बरसम्म लिएपनि यही महामारीलाई मौका छोप्दै ५ सय गुणसम्म असुली गरेको पाइएको छ। वैशाख २३ गते महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले ५ सय प्रतिशतसम्म बढी भाडा असुलेको आरोपमा तीन जनालाई पक्राउ गर्‍यो। काठमाडौंबाट बुटवल र पोखरा जाने यात्रुसँग ५ सय प्रतिशतसम्म बढी भाडा असुलेको पाइएपछि पोखरा चल्ने माइक्रोमा काम गर्ने बन्दराज पराजुली, नवीन पौडेल र बुटवल काउन्टरमा काम गर्ने रन्जित सिलवाल पक्राउ परे। 

काठमाडौं–पोखराको नियमित भाडा ५ सय भए पनि उनीहरुले ३५ सयसम्म लिए। काठमाडौं–बुटवलको भाडा १२ सय भए पनि उनीहरुले ५ सय प्रतिशत बढी असुल्दै ६ हजार लिए। महाशाखाका एसएसपी जनक भट्टराईका अनुसार जारी निषेधाज्ञामा बढी भाडा असुल्ने ३३ जनालाई ट्राफिक महाशाखाले पक्राउ गरिसकेको छ।

कोरोना महामारीका कारण नागरिकको दैनिक जनजीवन अस्तव्यस्त भइरहेका बेला केही व्यक्तिलाई यो अवसर बनेर आएको छ। यही मौकामा उनीहरु कृत्रिम कालोबजारी सिर्जना गर्नेदेखि नक्कली सामान बजार पठाएर ठगी गर्दै आएका छन्। कतिसम्म भने कोरोनाको उपचारमा लाग्ने औषधी नक्कली बनाएर बजार पठाउनेसम्मका आपराधिक कार्य भएका छन्। 

मोरङ प्रहरीले कोरोनाको उपचारमा प्रयोग हुने रेम्डेसिभिर भनेर स्टासेफ औषधी बेच्ने दुई जनालाई पक्राउ गरेकोे थियो। विराटनगर-४ मा रहेको साथी मेडिकल पसलका सञ्चालक सोनु आलम र श्रवणकुमार यादव पक्राउ परेका थिए। ९० रुपैयाँमा खरिद गरेको स्टासेफ औषधीमा रेम्डेसिभिरको स्टिकर टाँसेर ८ हजार रुपैयाँसम्म लिएर उनीहरुले बिक्री गरेको मोरङका एसपी सन्तोष खड्का बताउँछन्। 

भारतको पटनाबाट रेम्डेसिभिरको स्टिकर ल्याएर उनीहरुले स्टासेफ औषधीमा टाँस गर्दै रेम्डेसिभिर भन्दै बेच्दै आएका थिए। कोरोनाका गम्भीर विरामीको ज्यान जोगाउन प्रयोग गरिने औषधीमा समेत उनीहरुले गम्भीर खेलवाड गरी नक्कली औषधी बेच्ने गरेको पाइएपछि कालोबजारीसँगै केही सामाजिक अपराध तथा सजाय ऐन अन्तर्गतको कसूरमा उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

Ncell 2
Ncell 2

महामारीलाई मौका ठान्नेहरुका लागि कालोबजारी गर्ने क्षेत्र यतिमा मात्रै सीमित छैन। कोरोना संक्रमण भइहालेमा शरीरको अक्सिजन र पल्सको मात्रा नाप्ने अक्सिमिटरमा समेत कालोबजारी रोकिएको छैन। नक्कली अक्सिटिमर बजार पठाउनेदेखि चर्को रकम असुलेर ठगी गरेका घटनाहरु पनि छन्। 

अक्सिमिटरमा कालोबजारी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले वैशाख २८ गते ७ जनालाई पक्राउ गर्‍यो। ७ सय पर्ने अक्सिमिटरलाई उनीहरुले २२ सयसम्म लिएर बेचेको आरोप छ। महाशाखाले नै ४ हजार पर्ने रेम्डेसिभिरलाई २० हजार रुपैयाँसम्म बिक्री गरेको आरोपमामा एक जनालाई बसुन्धाराबाट पक्राउ गरेको थियो। 

प्रहरीले बरामद गरेको अक्सिमिटर।

यो महामारी अधिकांश मान्छेका लागि कसरी बाँच्ने भन्ने छ। तर, केही मानिसका लागि भने यो महामारी मौका बनेर आएको छ। आखिर किन यस्तो हुन्छ ? पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, ‘यो मान्छेको मानसिकता हो। एक किसिमको रोग हो।’

उनका अनुसार हरेक कुराको माग बढी भएपछि कालोबजारी शुरु हुन थाल्छ। कालोबजारी भनेकै यस्तै महामारी, आपतविपत, चाडबाडलगायतमा बढी हुने अपराध हो। ‘अफ्ठ्यारो परिस्थितमा फाइदा खोज्ने मानसिकता हो’, ठकुरीले उदाहरण दिए, ‘गत वर्षको लकडाउनमा थर्मल गन कालोबजारीमा पक्राउ परेका व्यापारी सुलभ अग्रवाल दुई-चार लाख बढी रकम असुलेर बेच्नुपर्ने मान्छे होइनन्। तर, उनी कालोबजारी आरोपमा पक्राउ परे। त्यसकारण यो भनेको मान्छेको मानसिकतामा भर पर्ने कुरा हो।’

shivam cement

shivam cement

त्यसबेला थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवाल २५ दिनको हिरासत बसाइँपछि साढे २५ लाख धरौटी तिरेर रिहा भएका थिए।

महामारीमा मौका छोप्ने कानुनी दायरामा आउँछन् : एसएसपी कुँवर
जारी महामारीमा मौका छोपी, कालोबजारी गर्ने जो कोहीलाई पनि प्रहरीले नछाड्ने नेपाल प्रहरीका प्रवक्ता, एसएसपी वसन्त कुँवर बताउँछन्। ‘कोही आपराधिक मानसिकता भएका व्यक्तिलाई यस्तो महामारी अवसर बनेर आउन सक्छ। तर, त्यस्ता अपराधविरुद्ध नेपाल प्रहरी निर्मम भएर प्रस्तुत हुन्छ। र, भइरहेको छ’, एसएसपी कुवँरले भने।

महामारीमा मौका छोपी कृत्रिम कालोबजारी सिर्जना गरी ठगी गर्नेहरुविरुद्ध कारबाही गर्न सादा पोशाकमा समेत प्रहरी परिचालन हुने गरेका छन्। ट्राफिक महाशाखादेखि काठमाडौं, ललितपुर, भक्तपुर प्रहरीले समेत सादा पोशाकमा प्रहरी खटाएर कालोबजारी गर्नेविरुद्ध कारबाही जारी राखेको बताएका छन्। 

1140x725
बरामद सिलिण्डर।

काठमाडौं प्रहरीले केही दिनअघि मात्रै ठूलो मात्रामा गुण्स्तरहीन स्यानिटाइजर बरामद गरेको थियो। उता ललितपुर प्रहरीले पनि लुकाएर राखेको अक्सिजन सिलिण्डर संकलन गरेर विभिन्न अस्पताललाई बुझाएको छ। 

यसैगरी, देशैभरका प्रहरीलाई महामारीमा कालोबजारी गर्ने, ठगी गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेविरुद्धको कारबाही तीव्र पार्न प्रहरी प्रधान कार्यालयले समेत निर्देशन दिइसकेको प्रवक्ता कुँवरले बताए।

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  ०८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
पलाताका पूर्वअध्यक्ष-उपाध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर
सिरियामाथि अमेरिकी प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा
सम्बन्धित सामग्री
महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ तामाङको हत्या गरी फरार भएका पन्त भारतबाट काठमाडौँ फर्कंदै गर्दा काठमाडौँको नागढुङ्गाबाट पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले... बुधबार, वैशाख ३१, २०८२
नियन्त्रणमा आयो मखनटोलको आगलागी, एक महिलाको मृत्यु ग्यास चुहिएर भएको आगलागी करिब तीन घण्टापछि नियन्त्रणमा आएको हो । आगलागीमा भएको क्षतिको विवरण संकलन भइरहेको छ । बुधबार, वैशाख ३१, २०८२
काठमाडौँको मखनटोलमा आगलागी, एक जनाको मृत्यु “ग्यास लिक हुँदा आगलागी भएको छ । मृतकको शव फेलापरेको छ । सनाखत हुन बाँकी छ । आगो निभाउने प्रयास जारी छ ।” प्रवक्ता बोहराले भने । बुधबार, वैशाख ३१, २०८२
ताजा समाचारसबै
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश बुधबार, वैशाख ३१, २०८२
पलाताका पूर्वअध्यक्ष-उपाध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर बुधबार, वैशाख ३१, २०८२
सिरियामाथि अमेरिकी प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा बुधबार, वैशाख ३१, २०८२
सबैभन्दा बढी बेरुजु अर्थ र भौतिक मन्त्रालयको, अन्यको कति ? बुधबार, वैशाख ३१, २०८२
देश दुर्घटनाको छेउमा पुगेको छ : वामदेव गौतम बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
महिला टी–२० एसिया क्वालिफायरमा हङकङसँग नेपाल पराजित मंगलबार, वैशाख ३०, २०८२
महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी , छलफलमा झिकायो मंगलबार, वैशाख ३०, २०८२
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार ? मंगलबार, वैशाख ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्