प्रतिकात्मक तस्वीर
भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिका–६, बालवन वालखोलामा आइतबार अपरिचित ३० वर्षीय पुरुषको शव भेटिएको छ। खोलामा घोप्टो परेको अवस्थामा पुरुषको शव फेला परेको हो।
मृत फेला परेका व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ। गहुँगोरो वर्णको, पाँच फिट आठ इन्च उचाइ भएको, दाहिने हातको बूढीऔंला र चोरीऔंलाका बीचमा ॐ लेखिएको ट्याटु, बायाँ खुट्टाको पिँडौलादेखि कान्छी औँलासम्म पुरानो खत रहेको पुरुषको शव भेटिएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट भक्तपुरमा पठाइएको गिरीले बताए। घटना कसरी भयो, हत्या हो कि अरू कुनै कारणले मृत्यु भएको हो भन्नेबारेमा प्रहरीले घटनास्थलबाटै अनुसन्धान शुरु गरेको जनाउँदै गिरीले मृतकको पहिचान खुलेपछि र शव परीक्षणको रिपोर्ट आएपछि मात्रै थप भन्न सकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।