खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीमा भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने अन्य सामग्रीसहित ४ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही स्थानका ४२ वर्षीय डम्बरबहादुर कार्की, ३५ वर्षीय दोर्ण कार्की, २६ वर्षीय रवीन्द्र कार्की र ७४ वर्षीय कृष्ण बिक रहेका छन्।
गतराति १० बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षकसहित खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले डम्बर, दोर्ण र रवीन्द्रलाई भरुवा बन्दुक थान ३, मरेको मृगको टाउको, सालकको खपेटा र भरुवा बन्दुकमा प्रयोग हुने सलाई, सोडा, गन्धक, छर्रा लगायतका पदार्थहरुसहित नियन्त्रणमा लिएको जनाएको छ।
कृष्णलाई भने भरुवा बन्दुकको नाल ५ थान, भरुवा बन्दुकको बट १ थान लगायत भरुवा बन्दुक बनाउन प्रयोग हुने औजारहरुसहित नियन्त्रणमा लिएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।