काठमाडौं- वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको ८३ वर्षको उमेरमा निधन भएको छ।
कोरोना संक्रमित कार्कीको उपचारका क्रममा आइतबार बिहान छाउनीस्थित सैनिक अस्पतालमा निधन भएको हो। गएको १६ गते देहरादुनबाट काठमाडाैं आएका उनलाई ज्वरो आएपछि अस्पतालमा भर्ना गरिएको थियो।
त्यसपछि उनमा कोरोना संक्रमण देखिएको थियो। उनको एक हप्तादेखि सैनिक अस्पतालमा उपचार भइरहेको थियो।
कार्कीले चलचित्र लेखन तथा निर्देशन समेत गरेका थिए। उनी गीत, कविता, कथा तथा उपन्यास लेखनमा पनि सक्रिय थिए।
स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा १९९५ साल कात्तिक २२ गते जन्मिएका कार्कीको बैनीको दया छ भने, तीजको रहर आयो बरिलै, माया पिरतीको चोखो कथा, यी ओठ तिम्रा, बुझ्नै सकिनौँ तिमीले मेरो आँखाको भाकासहितका दर्जनौं लोक, आधुनिक तथा चलचित्रका गीत लोकप्रिय छन्। कार्कीका श्रीमती र दुई छोरा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।