काठमाडाैं– विभिन्न फिल्म तथा टेलिश्रृङ्खलामा काम गर्दै आएका हाँस्य कलाकार रवि ढंगोल लामो समयदेखि कोरोना संक्रमणसँग लडिरहेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले आफू गत २० दिनदेखि कोरोनासँग लडेको र अझै लडिरहेको बताएका छन्।
उनले लेखेका छन्, धेरै दिनदेखि कोरोनासँग जुधिरहेको छु, नौ दिन धेरै सकस र कठिनपूर्ण समय घरमा र नौ दिन अस्पतालमा बिताइयो।’ उनी अहिले भने घरमै छन्।
अक्सिजन नियमित प्रयोग गरिरहेका उनले आफ्नी श्रीमती पनि कोरोना संक्रमित भएको बताएका छन्। सबैको साथ, सहयोग र आत्मबलले मात्रै कोरोना जित्न सकिनेसमेत उनले लेखेका छन्।
रविसँगै हास्य कलाकार शिवहरि पौडेल (प्वाक मुखमा हान्नुजस्तो) पनि कोरोना संक्रमित भएका छन्। उनको स्वस्थ्य अवस्था निकै गम्भीर भएका भ्रामक समाचार सञ्चार माध्यममा आएको भन्दै उनले खण्डन गरेका छन्। पौडेल घरमै आराम गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।