काठमाडौं– एफए कप फुटबलको उपाधि लेस्टर सिटीले जितेको छ।
शनिबार राति सम्पन्न फाइनलमा चेल्सीलाई १–० गोल अन्तरले पराजित गर्दै लेस्टरले पहिलो पटक उपाधि जितेको हो।
यसअघि लेस्टर चार पटक फाइनलमा पराजित भएको थियो।
वेम्बली स्टेडियममा सम्पन्न खेल अधिकांश समय आफ्नो नियन्त्रणमा लिए पनि चेल्सीले जित भने हात पार्न सकेन।
खेलको ६औं मिनेटमा युरी टियलमेन्सले गरेको गोल नै निर्णायक बन्यो।
हारसँगै चेल्सीका नवौं पटक उपाधि जित्ने सपना विफल भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।