वीरगन्ज– ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पर्सा प्रहरीले २२ वर्षका एकजना युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २० बस्ने २२ वर्षीय सरोज चौरसिया छन्।
चौरसियामाथि छिमकमा बस्दै आएकी ९ वर्षीया बालिकालाई धान दिन्छु भनेर प्रलोभनमा पारी आफ्नै घरमा बोलाएर भर्याङमुनि एकान्त स्थानमा लगेर करणी गर्न खोजेको आरोप लागेको छ।
प्रहरीका अनुसार चौरसियाले संवेदनशील अंगमा छोएर करणी गर्ने प्रयास गरेपछि बालिकाले प्रतिकार गरेकी थिइन्।
चौरसियाले आफूमाथि करणी गर्न खोजेको भन्दै बालिकाले अभिभावकलाई जानकारी गराएपछि पीडित बालिकाका अभिभावकले प्रहरी उजुरी दिएका थिए।
पीडित बालिकाका अभिभावकले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले चौरसियालाई शनिबार घरबाटै पक्राउ गरेको हो। पक्राउ परेका चौरसियाविरुद्ध बाल यौन दुर्व्यवहारको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।