काठमाडाैं- ललितपुर सिटी एफसीका मार्की खेलाडी तथा कप्तान अन्जन विष्ट नेपाल सुपर लिग (एनएसएल) को उत्कृष्ट फरवार्ड चुनिएका छन्।
टोलीलाई प्ले अफमा पुर्याउन सफल भएका उनलाई उत्कृष्ट फरवार्ड घाेषित गरिएकाे हाे। उनले लिगकाे ८ खेलमा ३ गोल गरे। उनले १ लाख रुपैयाँ हात पारे।
यस्तै, उपाधि विजेता काठमाडौं रेजर्सका मिडफिल्डर विश्वास श्रेष्ठ इमर्जिङ खेलाडी घोषित भए। उनले ५० हजार रुपैयाँ हात पारे।
यता उत्कृष्ट गोलकिपर धनगढी एफसीका किरण चेम्जोङ घोषित भए। धनगढीकै दिनेश राजवंशी उत्कृष्ट डिफेन्डर घोषित भए।
काठमाडौंका मेसौके ओलुमोउ उत्कृष्ट मिडफिल्डर घोषित भए। काठमाडाैंलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका बाल गाेपाल महर्जन उत्कृष्ट प्रशिक्षक घाेषित भए।
व्यक्तिगत विधातर्फका सबै विजेताले जनही १ लाख रुपैयाँ हात पारे। यस्तै बुटवल लुम्बिनी एफसीले फेयर प्ले अवार्ड हात पार्याे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।