काठमाडाैं- युवा खेलाडी इर्लिङ हाल्यान्डमाथि स्पेनिस दुई ठूला क्लब बार्सिलाेना र रियल मड्रिडकाे नजर रहेकाे छ। भर्पदा अट्यांकिङ मेकर नहुँदा याे सिजन दुबै क्लबले साेचेजस्ताे प्रदर्शन गर्न सकेनन्।
त्यसैले भविष्यमा दुबै क्लब राम्राे खेलाडी भित्र्याउने याेजनास्वरुप नर्वेजियन फरवार्ड हाल्यान्डमाथि नजर लगाइरहेका छन्। केही दिन अगाडि मात्रै ब्राजिलका पूर्व फुटबलर रिभाल्डोले हाल्यान्ड भविष्यमा ठूला स्टार हुने बताएका थिए।
उनले हाल्यान्ड कीर्तिमानी मूल्यमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट अन्य क्लबमा जाने पनि प्रक्षेपण गरेका छन्।
जनावरीमा साल्जवर्गबाट डर्मुन्ड आएका १९ वर्षीय हाल्यान्ड अहिले सबैभन्दा चर्चित युवा खेलाडी बनेका छन्। हाल्यान्डले बुन्डेस लिगामा ९ खेलबाट १० गोल गरेका छन् भने लिगका बाहेका अन्य खेलमा थप ४ गोल गरेका छन्।
बार्सिलोनाका पूर्वस्टार रिभाल्डोले हाल्यान्डले थप उचाइका लागि ला लिगा रोज्नु पर्ने तर्क गरेका छन्। उनले हाल्यान्डसँग उच्च प्रतिभा भएको र एक दिन ब्राजिलियन रोनाल्डोको स्तरमा पुग्ने समेत बताए।
यद्यपि, डर्टमन्डका प्रबन्ध–निर्देशक हन्स जोआकिम वाटत्के क्लब हाल्यान्डलाई बेच्ने तयारीमा नरहेकाे बताएका छन्।
'रियल म्याड्रिड र बार्सिलोना? मलाई लाग्छ उनीहरूलाई सम्झौताको अवस्था र हाम्रो स्थानबारे थाहा छ। म स्पष्ट पार्दछु हाल्यान्ड अर्को वर्ष हाम्रो लागि खेल्नेछ,' उनले भने।
१९ वर्षीय नर्वेजियन स्ट्राइकर हाल्यान्ड गत जनावरीमा १७.१ मिलियन पाउन्डमा अस्ट्रियन क्लब साल्जवर्गबाट डर्टमुन्डमा आबद्ध भएका भएका थिए। त्यसयता उनले डर्टमुन्डबाट १२ खेल खेल्दा १३ गोल गरे।
उनले सिजनको सुरुवातमा साल्जवर्गका लागि २२ खेलबाट २८ गोल गरेका थिए। जसमा पाँच ह्याट्रिक समावेश छन्। सिजनको सुरुमा साल्जवर्गका लागि खेल्दा उनले च्याम्पियन्स लिगमा पनि ह्याट्रिक गरेका थिए।
त्यसपछि हाल्यान्डलाई भित्र्याउन इटालियन क्लब युभेन्ट्स र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पनि चासो देखाएका थिए। उनले यस सिजनको च्याम्पियन्स लिगको समूह चरणमा ८ गोल गरेका थिए। जुन गोल समूह चरणको व्यक्तिगत दोस्रो बढी हो।
युभेन्ट्स र म्यानचेस्टरलाई पछि पारेर डर्टमुन्ड उनलाई भित्र्याउन सफल भयो। अझै उनको माग विश्व फुटबल बजारमा बढिरहेको छ।
गत अप्रिलमा, उनका बुबा अल्फ इन्गे हाल्यान्ड र उनका एजेन्ट मिनो राइओलाले दुवै क्लबका एजेन्टहरुसँग भेट गरेका थिए। भेटमा दुबै क्लबकाे याेजनाहरु उनीहरुले सुनेका थिए।
तर, हाल्यान्डले क्लब नछाड्नेमा ढुक्क रहेकाे वाटत्के बताउँछन्। यसअगाडि विंगर जाडोन सान्चोकाे नाम पनि इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडसँग जाेडिएकाे तर, उनी अनुबन्ध नभएकाे भन्दै हाल्यान्डकाे नाम पनि जाेडिनुमा कुनै आश्चर्य नरहेकाे उनले बताए।
'म पूर्ण तनावमुक्त छु। गत समरकाे अन्तिमसम्म कसैले पनि सान्चोलाई विश्वास गरेन, र आज उनी हामीसँगै छन्,' वाटत्केले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।