काठमाडौं– उपाधि जितेपछिको पहिलो खेलमा म्यान्चेस्टर सिटीले जित निकालेको छ।
न्यूक्यासलको घरेलु मैदानमा भएको इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा पछि परेको अवस्थालाई उल्टाउँदै सिटीले ४–३ को जीत दर्ता गरेको हो।
न्यूक्यासलका लागि २५ औं मिनेटमा एमिल क्राफ्थले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए। ३९ औं मिनेटमा सिटीका लागि क्यानासिलोले बराबरी गोल गरेका थिए भने ४२ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै अग्रता दिलाएका थिए। त्यसको केही मिनेटपछि नै न्यूक्यासलका लागि जोलिन्टनले गोल गरेका थिए।
६२ औ मिनेटमा विललकले गोल गर्दै न्यूक्यासललाई अग्रता दिलाएका थिए तर टोरेरले ६४ र ६६ मिनेट गोल गर्दै ह्याट्रिक पूरा गरे र सिटीलाई जित दिलाए।
म्यानचेस्टर सिटीको ३६ खेलबाट ८३ अंक भएको छ । १६ औँ स्थानमा रहेको न्यूक्यासलको ३६ खेलबाट ३९ अंक छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।